सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडी सेटीगाउँ क्याम्पसमा गरिएको तालाबन्दी खुल्यो

२०७९ फाल्गुन २६, ०३:५१ खबर संवाददाता

बैतडीः बैतडीको सेटिगाउँ बहुमुखि क्याम्पसमा बिहिबार लागेको तालाबन्दी खुलेको छ।

क्याम्पस प्रशासनले स्ववियु निर्वाचन विपरित गएर निर्णय गरेको भन्दै एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिलक्रान्तिकारीले  बिहीवार क्याम्पसमा ताला लगाएको थियो। विद्यार्थी संगठनले राखेका माग सम्बोधन पछि शुक्रबार ताला खुलेको हो।

शुक्रबार क्याम्पस प्रशासन र निर्वाचन मण्डल, विद्यार्थी संगठनबीच भएको  छलफलमा सबै विद्यार्थीलाई चुनावमा सहभागि गराउने सहमति भएपछि ताला खोलिएको अखिल क्रान्तिकारीका सेटिगाउँ क्याम्पस कमिटिका कार्यबाहक अध्यक्ष आशिष मालले बताए। 

कमेन्ट लोड गर्नुस