सुदूर नेपाललाई विश्वसँग जोड्दै

इजिप्टमा रेल दुर्घटना हुँदा दुईजनाको मृत्यु, १६ घाइते

२०७९ फाल्गुन २४, ०७:३०

काठमाडौं: इजिप्टमा रेल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्।

इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार कायरोको उत्तरमा एउटा रेल पटरीमा दुर्घटना भएको हो। रेल कल्युब सहरको रेल स्टेसन प्लेटफर्ममा ठोक्किएको यातायात मन्त्रालयले विज्ञप्तिमा जनाएको छ। घटनास्थलमा करिब २० वटा एम्बुलेन्स घाइतेहरुलाई सहयोग गर्न पुगेका थिए। इजिप्टका यातायात मन्त्री कामेल इल–वाजिरले दुर्घटना के कारणले भयो भन्ने पत्ता लगाउन आदेश दिएका छन्।

कमेन्ट लोड गर्नुस