नेपालद्वारा यूएइ–४२ रनले पराजित
काठमाडौंः आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले घरेलु टोलीलाई हराएको छ।
सोमबार भएको खेलमा नेपालले युएईलाई ४२ रनले हराएको हो। नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा अलआउट हुँदै १८७ रन बनायो। यसअघि पहिला ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २२९ रन बनाएको थियो। नेपालका लागि भिम सार्कीले ९९ बलमा ७० रन बनाएका थिए।
आरिफ शेखले अविजित ४३ रन बनाउँदा कुशल मल्ल ३२ रन बनाएका थिए। सन्दीप लामिछानेले २७ रन बनाउँदा करण केसीले १७ रन बनाए। पहिलो खेलमा नेपाल यूएईसँग पराजित भएको थियो। पीएनजीमा आयोजना हुनुपर्ने यो सिरिज मैदानको अवस्थाको कारण यूएईमा सारिएको थियो। २०१९ देखि जारी रहेको विश्वकप लिग टूको सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज पनि हो।
नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अंकमा रहेको छ। नेपाल अंक तालिकाको पाँचौ स्थानमा छ। युएई ३२ खेलमा १४ मा जित र १५ मा हारसहित ३१ अंकका साथ छैटौं स्थानमा छ।