सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालले दियो यूएईलाई २३० रनको चुनौती

२०७९ फाल्गुन २२, ०४:२१ खबर संवाददाता

काठमाडौँः यूएईमा जारी आईसीसी विश्वकप लिग टू क्रिकेटको जारी त्रिकोणत्मक शृंखलाको आफ्नो अन्तिम खेलमा नेपालले घरेलु टोलीलाई २३० रनको चुनौती दिएको छ।

दुबईमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभर खेल्दै आठ विकेट गुमाएर २२९ रन जोड्दै यूएईलाई उक्त रनको चुनौती दिएको हो। नेपालका लागि सर्वाधिक भीम सार्कीले ९९ बलमा सात चौका प्रहार गर्दै ७० रनको योगदान गरे। उनको यो राष्ट्रिय टिमबाट पहिलो अर्थशतक हो।

यसैगरी आरिफ शेख ५६ बलमा २ चौका र एक छक्काको मद्दतमा ४३ रनमा नटआउट रहँदा ३२ रन जोडेर कुशल मल्ल आउट भए। सन्दीप लामिछानेले २७ रन जोडेर आउट भए।

कमेन्ट लोड गर्नुस