कञ्चनपुरमा सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९ फाल्गुन २२, ०२:५०
कञ्चनपुरः कञ्चनपुरमा सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्लाको दोधारा–चाँदनी–७ का प्रलाद क्षेत्री पक्राउ परेका हुन्।
उनी जिल्ला अदालत कञ्चनपुरबाट ६ दिन कैद र दुई हजार जरिवाना तोकी फरार ‘सवारी ज्यान मुद्धाका’ फरार प्रतिवादी हुन्।
कञ्चनपुर प्रहरीले आज उनकै घरबाट पक्राउ गरेको छ। क्षेत्रीलाई आजै कञ्चनपुर प्रहरीले अदालतमा पेश गराईएकोमा अदालतबाट तोकिएको सजाय भुक्तानको लागि कारागार चलान गरिएको छ।
कमेन्ट लोड गर्नुस