सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरमा वालविवाह र छाउपडी कुप्रथा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सुरु, किशोरी तथा महिलालाई सेनिटरी प्याड बनाउने तालिम दिइने

२०७९ फाल्गुन २१, ०९:०६ खबर संवाददाता

बाजुराः बुढीगंगा नगरपालिका ९ मा बालविवाह र छाउपडी कुप्रथा न्यूनिकरण सम्बन्धि अन्र्तक्रिया कार्यक्रम सुरु भएको छ।

आईतबार वडा कार्यालयको आयोजना तथा सहयोगी हातहरुको समुह (साहास) नेपालको सहजीकरणमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सुरु भएको साहास नेपालीकी पैरवी तथा साझेदार सहजकर्ता जनदेवी बोगटीले बताईन। बालविवाह तथा छाउपडी कुप्रथा न्यूनिकरणका लागि चैत्र १ गते देखी १० गतेसम्म अनुगम, तालिम ,चनचेतनामुलक ¥याली लगाएतका कार्यक्रम गरिने बुढीगंगा नगरपालिकाका वडा अध्यक्ष मीनबहादुर सिंहले बताए।

चैत्र १ गते देखी ७ गतेसम्म वडा नम्वर ९ जुवापानी, बासुरे, सेरावबाडा, किमुगाउ, माथिल्लो तल्लो काप्रीतोला टोलका घर दैलोमा पुगेर अनुगमन गरिने वडा अध्यक्ष सिंहले नाकारी दिए। त्यसै गरी डुग्रीतोला, सेली र बजेडी टोलका घर दैलो पुगेरसम्मै पुगेर बालबिबाह र छाउपडी कुप्रथा सम्बन्धी जनचेतना तथा बस्तुस्थितिको बारेमा अनुगमन गरिने भएको छ। नगरपालिकाका ९ र १० वडामा भएका माध्यामिक बिद्यालयका प्रधानाध्यापकसंग अन्तरक्रिया कार्यक्रम गर्ने र अन्तरक्रिया पश्चात शिशोरी किशोर शिक्षक लगाएत अन्यको उपस्थितिमा वडामा वालविवाह तथा छाउपडी प्रथा अन्यको लागि ¥याली जुलुस गरिने समेत जनाएको छ।

त्यस्तै अनुगमन रिर्पोटलाई आधार बनाएर चैत्र ९ गते बालबिबाह तथा छाउपडी कुप्रथा न्यूनीकरण गर्न अपनाउनु पर्ने उपाएको बारेमा नगरपालिकाका जनप्रतिनिधि कर्मचारी र सरोकारवाला निकायसंग अन्तरक्रिय कार्यक्रम गरिने पैरवी तथा साझेदार सहजकर्ता जनदेबी बोगटीले बताईन। सोही कार्यक्रम अन्र्तगत चैत्र १० गते वडाका किशोरी तथा महिलालाई सेनिटरी प्याड बनाउने १ दिने तालिम समेत दिने सहजकर्ता बोगटीले बताईन।

सो कार्यक्रम प्रभावकारी बनाउन बुढीगंगा नगरपालिका ९ का वडा अध्यक्ष मीनबहादुर सिंहको संयोजगत्वमा अनुगमन टोली गठन गरिएको छ। टोलीमा नगरकार्यपालिका सदस्य बुद्धि नेपाली, वडा सदस्यहरु, महिला संजालकी सचिव भजनी कुमारी खड्का, दलित नेट्रोकबाट रजना सेराला, युवा संजालबाट ओमराज थापा र वाल संजालबाट विवेक थापालगाए १३ जनाको समिति बनाएको छ।

समितिको सदस्य सचिवमा वडा सचिव भुवनराज जोशी रहेका छन्। बुढीगंगा नगरपालिकाका ९ का वडा अध्यक्ष मीनबहादुर सिंहको अध्यक्षतामा संचालन भएको अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथि बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानिया रहेका थिए। कार्यक्रममा नेकपा एमाले बुढीगंगा नगर कमिटी अध्यक्ष नरेन्द्र थापा, नगर कार्यपालिका सदस्य बुद्धि नेपाली वडा सदस्य मीन थापा, दाने सेराला, महिला संजाल युवा संजाल दलिन नेट्रोक वाल संजाल लगाएको सहभागीता रहेको थियो।
बृहत छलफल पश्चात वडा नम्बर ९ को कार्यलयले सार्वजनिक सुचना जारी गर्दै वडाका सबै केटाकेटीले अनिर्बाय रुपमा जन्मदर्ता गराउनु पर्ने बताएको छ। विवाह गर्दा वडा कार्यालयमा जन्म दर्ता पेश गरेर अनुमति लिएर विवाह गर्नु पर्ने बताएको छ। वडा अध्यक्षको हस्ताक्षरीत सुचनामा २० बर्ष भन्दा कम उमेरमा विवाह गर्ने गराउने आमा बुबा दाजु भाई पुरोहीतलाई समेत कानून बमोजिम कार्बाही गरिते बताएको छ। विवाह कार्डमा केटा र केटीको उमेर खुलाएर बनाउनु पर्ने समेत बताए। बालविवाह गर्ने परिवारलाई वडाबाट पाईने सेवा सुबिधा सामाजिक सुरक्षा भत्ता बाल पोषण, काठ पुर्जी, सिफारिस लगाएत अन्य सेवा सुबिधा समेत कटोती गरिने वडा अध्यक्ष मीनबहादुर सिंहले बताएका छन्।
 

कमेन्ट लोड गर्नुस