सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको सेती नदीमा बगेर एकजना वेपत्ता

२०७५ चैत्र १८, ०२:१३ खबर संवाददाता

डोटीमा सेती नदीमा बगेर एकजना वेपत्ता भएका छन्। वेपत्ता हुनेमा डोटीमा निर्माण भईरहेको सेती हाईड्रो पावरमा काम गर्दै आएका रुकुम स्थायी घर भएका दिपेन्द्र ओली रहेका छन्।  हाईड्रो पावर निर्माणको ठेक्का पाएको रिडाक नेपाल कन्सल्टेन्सीका मिनजंग शाहीले ओली सेती नदीमा खसेर वेपत्ता भएको बताए। उनले अछाम र डोटी जोड्ने सेती नदीको झोलुङ्गे पुल नजिकै नाउ तार्ने क्रममा नदीमा  खसेर ओली वेपत्ता भएको दिनेश खबरलाई जानकारी दिए।

अहिले ओलीको खोजी कार्य भइरहेको बताईएको छ। ¥याफ्टिङ गर्दै सो क्षेत्रमा पुगेको विवेकशिल साझा पार्टीको टोलीले समेत खोजी कार्यमा सघाईरहेको शाहीले जानकारी दिए। तर डोटी प्रहरीले भने नदीमा मानिस वेपत्ता भएको विषयमा कुनै जानकारी प्राप्त नभएको जनाएको छ। ओली हाईड्रो पावर निर्माण भईरहेको सेती र बुढिगगंगा नदीको दोभान नजिकैबाट वेपत्ता भएको निर्माण व्यवसायी शाहीले दिनेश खबरलाई बताए। 
 

कमेन्ट लोड गर्नुस