सुदूर नेपाललाई विश्वसँग जोड्दै

न्युजिल्याण्डको केर्माडेक टापुमा ६.९ म्याग्निच्युडको भूकम्प

२०७९ फाल्गुन २०, ०४:३२ खबर संवाददाता

एजेन्सीः न्युजिल्याण्डको केर्माडेक टापुमा शनिबार बिहान ६ः४१ बजे ६.९ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ।

एक सय ५१.६ किलोमिटर गहिराइमा रहेको उक्त भूकम्पको केन्द्र सुरुमा २९.८७४ डिग्री दक्षिणी अक्षांश र १७८.४३१ डिग्री पश्चिम देशान्तरमा रहेको बताइएको छ।

भूकम्पको असर बारे विस्तृत विवरण भने सार्वजनिक नभएको नोक्सान बारे त्यहाँको सरकारले बुझिरहेको बताएको छ।

कमेन्ट लोड गर्नुस