यौन दुब्र्यहारको आरोपमा अनाथालयका प्रमुख कारागार चलान
कञ्चनपुरः कञ्चनपुर जिल्लामा यौन दुब्र्यहार तथा जबरजस्ती करणीको आरोपमा एक जनालाई कारगार चलान गरिएको छ।
जिल्लाको भिमदत्त नगरपालिका–४का शंकर बहादुर चन्दलाई कारागार चलान गरिएको छ। कल्याण अञ्चल बाल अनाथालयका प्रमुख शंकर बहादुर चन्दले बिगत १ बर्ष पहिला देखि बाल बालिकाहरु बिद्यालय गएको बेला अफिसमा पटकपटक अनाथलयमा बस्ने बालिकाहरुलाई यौन दुब्र्यबहार,जबरजस्ती करणी गरी गर्भपतन समेत गरेको खुलेको छ।
उनलाई बालयौन दुरुपयोग, जबरजस्ती करणी र गर्भपत कसुरमा मुद्वामा कञचनपुर जिल्ला अदालतले २०७९÷११÷१७ गते बालयौन दुरुपयोग कसुरमा ५० हजार जरिवाना , जबरजस्ती करणी र गर्भपतन कसुर मा पुर्पक्षका लागी कारागार पठाइएको छ।