ड्युटीमै बेहोस भएर कैलालीका एक प्रहरीको बैतडीमा मृत्यु
बैतडीः कैलालीको कैलारी गाउँपालिका ७ रतनपुरका एक प्रहरीको बैतडीमा मृत्यु भएको छ।
बैतडीको मेलौली नगरपालिका २ सलेना प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक हवलदार नवीन चौधरीको ड्युटीको क्रममा एक्कासि बेहोस भएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ। ‘आज दिउसो ड्युटीको क्रममा एक्कासि बेहोस भए, उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा पुर्याउदा डाक्टरले मृत्यु घोषणा गरे,’ जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।
भोली शव परिक्षण गर्ने तयारी भएको प्रवक्ता प्रहरी निरीक्षक जोशीले बताएका छन्।