सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुराका पाँच पालिकामा स्वास्थ्य शिविर

२०७९ फाल्गुन १६, ०३:०३ खबर संवाददाता

डडेलधुराः डडेल्धुरा सात तहमध्ये पाँच पालिकामा स्वास्थ्य शिविर सञ्चालन भएको छ।  पालिकाका हरेक वडामा स्वास्थ्य सेवामा सबैको पहुँच पुर्‍याउने उद्देश्यले शिविर सञ्चालन भएको हो।

नवदुर्गा गाउँपालिकाले पाँचवटै वडाका ज्येष्ठ नागरिक महिला तथा बालबालिकाको स्वास्थ्य चेकजाँच गर्न शिविरको आयोजना गरेको जनाएको छ।

गन्यापधुरा गाउँपालिकाले पनि दीर्घरोगी, एकल महिला तथा आर्थिक अवस्था कमजोर भएका नागरिकको शिविरबाट निःशुल्क उपचार सेवा दिएको छ।

अमरगढी नगरपालिका–१० द्धारा शनिबार संचालित आँखा शिविरमा एक हजार पाँच सय भन्दा बढीले उपचार सेवा लिएका छन्।

कमेन्ट लोड गर्नुस