डोटीमा महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान
धनगढीः डोटीको बोगटान फुड्सिल गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान गरेको छ। शुक्रवार एक कार्यक्रमका आयोजना गरेर गाउँपाललिकाले पालिकाका ८१ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको हो।
स्वास्थ्य स्वयं सेविकाहरूले समाजमा पुगाएको योगदानको कदर गर्न र थप सेवा भावका साथ निरन्तर समुदायमा काम गर्न होसला प्रादन गर्न सम्मान गरिएको उपाध्यक्ष विष्नादेवी बमले बताए।
'महिलाहरूको स्वास्थ्य तथा सामाजिक सचेतना फैलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै महिलासँग उपाध्यक्ष कार्यक्रम अन्तर्गत महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान गरिएको हो,' उनले भने, 'स्वास्थ्य क्षेत्रमा उहाँहरूले पुगाएको योगदानको कदर गर्न र थप होसला बढाउन सबैलाई सम्मान गरिएको हो।'
उपाध्यक्ष बमले महिला स्वास्थ्य स्वयंसेविकाहरुले स्वास्थ्यका सबै सूचकाङ्कमा सुधार ल्याउन सेवा गरेका बताउँदै उहाँहरूका गुनासा सुन्न र बुझ्न पनि कार्यक्रम आयोजना गरेको बताए। महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई दोसल्ला, प्रमाणपत्र र नगदसहित सम्मान गरिएको हो ।