सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकार बजेट खर्चमा सुस्तः असारे विकास मौलाउने चिन्ता

२०७५ चैत्र १७, ०१:०२ खबर संवाददाता

सुदूरपश्चिम सरकार बजेट खर्चमा सुस्त देखिएपछि असारे विकासको परिपाटी झनै मौलाउने प्रदेशवासीले आशंका गरेका छन्। आर्थिक बर्षको ९ महिना सम्म पनि १० प्रतिशत मात्रै बजेट खर्च भएपछि प्रदेशवासीले असारे विकासले प्रसय पाउने र बजेटको दुरुपयोग हुने आशंका गरेका हुन्। स्थानीय दिप गंगाले हाम्रा नेताकार्यकतालाई साढे तीन महिनामै बसरी बजेट सक्नुपर्छ भन्ने राम्रै अनुभव भएकाले अहिले सम्म बजेट खर्चमा सुस्तता देखिएको बताए। उनले असारे विकासको रोग विगतदेखि नै सुदूरपश्चिममा रहेकाले यो बर्ष पनि जारी रहने आशंका गरे। 

स्थानीय धर्मेन्द्र जोशीले प्रदेश सरकारको बजेट विकास र समृद्धिको मार्ग तय गर्ने भन्दा पनि कार्यकर्ता पोस्ने किसिमले आएकाले खर्च गर्न ठुलै समस्या नुहने बताए। उनले विकासे योजनामा पनि कार्यकर्ताहरु परिचालन हुन थालेपछि बजेट सत प्रतिशत दुरुपयोग भईरहेको आशंका व्यक्त गरे। 

प्रदेश सरकारका मन्त्रालयहरुले आर्थिक बर्षको अन्त्यमा कार्यकर्ता पोस्न बजेट सञ्चित गरेको आरोप पनि प्रदेशवासीले लगाउँदै आएका छन्। प्रदेश सरकारले आर्थिक बर्षको साढे तीन महिना मात्रै बाँकी रहेपनि झण्डै ९ अर्व ५० करोड बढि बजेट खर्चका लागि अख्तियारी समेत दिन बाँकी रहेको छ।

सरकारले सासंदकै पुर्वाधार विकास कार्यक्रम कार्यान्वयन गर्नका लागि पनि मातहतका नियकालाई अहिले सम्म अख्तियारी दिएको छैन्। स्थानीय रमेश जोशीले सासंदकै कार्यक्रमको अख्तियारी नभए अन्य विकासे योजना कार्यान्वयनको अवस्था कस्तो होला भन्दै आशंका व्यक्त गरे। 
 

कमेन्ट लोड गर्नुस