यात्रा प्रतिबन्धले सन्दीप समेटीएनन् त्रिदेशीय क्रिकेट सिरिजको टीममा
काठमाडौँः क्रिकेटर सन्दीप लामिछाने यात्रा प्रतिबन्ध लगाउने उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वोच्च अदालत पुगेका छन्।
यसअघि, बलात्मकार मुद्धामाथि सुनुवाई गर्दै उच्च अदालतले सन्दीपमाथि यात्रा प्रतिबन्ध लगाएको थियो। यस्तै, २० लाख रुपैयाँ धरौटी सुनाएको थियो। उक्त आदेशको पुनरावलोकन गर्न भन्दै लामिछाने आज सर्वोच्च पुगेका हुन्। नेपालमा भर्खरै सम्पन्न भएको त्रिदेशीय क्रिकेट सिरिजमा नेपाली टोलीबाट खेलेका उनी संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा जान नपाउने भएकाछन्।
उक्त प्रतिबन्ध फुकुवा गर्न माग गर्दै लामिछाने अदालत पुगेका हुन्। गत पुस २७ गते उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उच्च अदालत पाटनका न्यायधीसद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको थियो।
यस्तै, उक्त आदेशमार्फत उच्चले विदेश यात्रामा समेत प्रतिबन्ध लगाएको थियो।