सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा डुबेर ६१ वर्षीय एक पुरुषको मृत्यु

२०७९ फाल्गुन ११, ०४:१० खबर संवाददाता

दार्चुलाः दार्चुलामा डुबेर एक जनाको मृत्यु भएको छ।

जिल्लाको  शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरस्थित चौलानी नदीमा डुबेर बैतडी जिल्लाको डिलासैनी गाउँपालिका–५ देवगाउँका ६१ वर्षीय जय बहादुर नाथको बुधबार दिउँसो मृत्यु भएको हो। ईलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरीटोलीले नदीमा बगिरहेका नाथलाई उद्दार गरी उपचारको लागि गोकुलेश्वर अस्पताल दार्चुला पठाएको थियो।

उनको उपचारकाक्रममा मृत्यु भएको प्रहरीले बताएको छ।

कमेन्ट लोड गर्नुस