सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा नेपाली सेनाले निर्माण गरेको हेलिप्याड गाँउपालिकालाई हस्तान्तरण

२०७९ फाल्गुन ८, ०५:५१ खबर संवाददाता

डोटी: डोटीमा नेपाली सेनाले निर्माण गरेको हेलिप्याड गाँउपालिकालाई हस्तान्तरण गरिएको छ। सिलगढीस्थित भैरवप्रसाद गणले बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर-७ चबराचौतारामा निर्माण गरेको हेलिप्याड आज एक कार्यक्रमका बिच भैरवप्रसाद गणका गणपति जनमतबहादुर कार्की र बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल गड्सिलाले हस्तान्तरण गरेका हुन्।

भैरव प्रसाद गणले चालु आर्थीक वर्ष २०७९/०८० मा सिमिक कार्यक्रमअन्तर्गत नेपाली सेनाको पाँच लाख  बजेटबाट  हेलिप्याड निमार्ण गरेको हो।

नेपाली सेनाले हेलिप्याड निर्माण गरेर सैनिक र नागरिक सम्बन्ध सुधारमा थप टेवा पुगेको र गाउँपालिकाका करिब अठार हजार स्थानीय लाभान्वित हुने बताईएको छ। निर्माण भएको हेलिप्याड जिल्ला सदरमुकामबाट करिब ७२ किलोमिटरको दुरीमा रहेको छ।

उपचारको लागि सुविधायुक्त ठुलो अस्पताल नभएको उक्त गाउँपालिकामा गम्भीर खालका विरामी, सुत्केरी महिलालाई तत्काल उद्धार गर्न तथा वर्षातको सयमामा हुन सक्ने विपद्का घटनाहरुमा राहत तथा उद्धारकार्यमा सहज होस् भनेर हेलिप्याड निर्माण गरिएको अध्यक्ष गडसिलाले बताए। 

कमेन्ट लोड गर्नुस