सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा जिप दुर्घटना, तीन जना घाइते

२०७९ फाल्गुन ७, ११:२१ खबर संवाददाता

बैतडीः बैतडीमा जिप दुर्घटना भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्।

से १ ज ९२७ जिप दशरथचन्द राजमार्गको देहीमाण्डौ घुसुल्ला भन्ने स्थानमा दुर्घटना हुँदा ३ जना घाइते भएका हुन्।

घाईतेको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। जिपमा ९ जना सवार थिए।

तीन जनाबाहेक सबै यात्रु सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले बताएको छ। घटनाको थप विवरण आउन बाँकी छ।

कमेन्ट लोड गर्नुस