सुदूर नेपाललाई विश्वसँग जोड्दै

विवेकशिल साझाको र्‍याफ्टिङ टोली धनगढीबाट डोटी प्रस्थान

२०७५ चैत्र १६, ०४:०३ खबर संवाददाता

समृद्धिका लागि शान्ति भन्ने नाराका साथ भोलीदेखि हुने र्‍याफ्टिङ का लागि विवेकशिल साझाको टोली डोटी प्रस्थान गरेको छ। शान्ती विना विकासको कल्पना गर्न नसकिने भएकाले विद्रोह गर्ने पार्टीले बन्द हड्ताल, हिंसा छोड्नुपर्छ र राज्यले पनि संवाद मार्फत मुलुकलाई शान्तिमा लैजानुपर्छ भन्दै दबाब दिने उद्देश्यले भोलीबाट डोटीको वान्डुरसैन स्थित सेती नदीबाट सुरु हुने जलयात्रा अथात् र्‍याफ्टिङका लागि धनगढीबाट टोली आज प्रस्थान गरेको हो। पार्टीको अभियान विभागका सुदूरपश्चिम प्रमुख विनोद मल्लको नेतृत्वमा टोली डोटी प्रस्थान गरेको हो। 

वान्डुरसैनदेखि विभिन्न नदी हुदै कैलालीको खक्रौला नाकासम्म ५ दिन सम्म र्‍याफ्टिङ  गर्ने टोलीलाई  विवेकशील साझाका युवा संगठन संयोजक तथा केन्द्रिय सदस्य अब्दुस मिया र सुदूरपश्चिम प्रदेश संयोजक गोपाल हमालले संयुक्त रुपमा  राष्ट्रिय झण्डा र पार्टीको झण्डा दिदै विदाई गरेका हुन्। विवेकशिल साझाले पछिल्लो समयमा देशमा सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा विच देखिएको द्धन्द्धलाई वार्ताका माध्यमबाट समाधान गर्न रचनात्मक दबाब दिने र्‍याफ्टिङको उद्देश्य रहेको जनाएको छ।

त्यस्तै र्‍याफ्टिङले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनमा समेत महत्वपूर्ण भुमिका खेल्ने विश्वास लिईएको छ। डोटीको सेती नदीबाट सुरु हुने जलयात्रा कैलाली पुग्न ५ दिन लाग्ने अनुमान गरिएको छ। सो अवधीमा करिब साढे ३ सय किलोमिटर जलयात्रा गरिने बताईएको छ।  जलयात्रामा ३ जना गाईड सहित ६ जनाको सहभागिता रहेको छ।

कमेन्ट लोड गर्नुस