आसिफ र ज्ञानेन्द्रको साझेदारीमा दुई कीर्तिमान
काठमाडौंः नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल र आसिफ शेखले एकदिवसीय अन्तर्राष्ट्रियमा कीर्तिमानी साझेदारी गरेका छन्।
आईसीसी विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय एकदिवसीय शृंखलाअन्तर्गत नामिबियाविरुद्ध जारी खेलमा आसिफ र ज्ञानेन्द्रले दोस्रो विकेटका लागि पनि सर्वाधिक साझेदारीको कीर्तिमान बनाएका छन्। यसअघि दोस्रो विकेटका लागि आसिफ र ज्ञानेन्द्रले नै यूएईविरुद्ध २०२२ नोभेम्बरमा एक सय २२ रनको कीर्तिमान कायम गरेका थिए।
यसअघि नामिबियाविरुद्ध नै कप्तान रोहित पौडेल र कुशल भुर्तेलले कीर्तिमानी साझेदारी गरेका थिए। उनीहरूको एक सय ३३ रनको साझेदारीको कीर्तिमान तोडेर आसिफ र ज्ञानेन्द्रले एक सय ३९ रनको कीर्तिमान बनाएका छन्। विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको पहिलो खेलमा दोस्रो इनिङमा रोहित र कुशलले तेस्रो विकेटका लागि कीर्तिमानी एक सय ३३ रनको साझेदारी गरेका थिए।
उनीहरूले देव खनाल र दीपेन्द्रसिंह ऐरीले पपुवा न्युगिनीसँग एक सय २९ रनको कीर्तिमान तोडेका थिए।