सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पुरचौडीं त्रिवेणी धाममा महाकुम्भ स्थापना गरिने

२०७९ फाल्गुन ४, ०१:५३ खबर संवाददाता

धनगढीः बैतडीको पुरचौडीं नगरपालिकाको त्रिवेणी धाममा महाकुम्भ स्थापना गरिने भएको छ। नगरपालिकाको लोलीगाड, बाग्गाड र कोटेलीगाडको संगमस्थल त्रिवेणी धाममा आगामी बैशाख १ गते महाकुम्भ स्थापना गरिने भएको हो।

वडा नम्बर १, ७ र ८ को संगमस्थल, त्रिवेणी घाटमा महाकुम्भ स्थापना गर्न उकिलबहादुर धानुकको अध्यक्षतामा १ सय ५१ सदस्यीय समिति गठन गरिएको अम्बादत्त अवस्थीले बताए।

महाकुम्भको स्थापना विधि विधानअनुसार गर्न राष्ट्रिय पण्डित व्यासाचार्य प्रवर खेमराज ओझालाई संयोजक बनाइएको छ। नयाँ वर्षको दिन महाकुम्भ स्थापना गर्न सहयोग गर्नै सबैमा अनुरोध गरिएको छ। धार्मिक तथा पौराणिक महत्व रहेको त्रिवेणी धाममा राताशिला समैजी मन्दिर तथा शिवालय रहेको छ। हरेक वर्ष शिवरात्री तथा हरिवोधनी एकादशीमा यहाँ मेला लाग्ने गरेको छ।
 

कमेन्ट लोड गर्नुस