सुदूर नेपाललाई विश्वसँग जोड्दै

मोहनापुल-अत्तरिया ६ लेन सडकका आयोजना प्रमुखको सरुवा

आयोजना फेरी प्रमुख विहिन

२०७५ चैत्र १५, ०७:११ रोशन भट्ट

सुदुरपश्चिम प्रदेशको समृद्धिसँग जोडिएको मोहनापुल अत्तररिया ६ लेन सडकको योजना  प्रमुखको फेरी सरुवा भएको छ। दुई वर्ष निर्माण अवधी तोकेर काम सुरु गरिएको मोहनापुल अत्तरिया ६ लेन सडकको निर्माण अवधि सकिन ५५ दिन वाकी रहेका वेला फेरी आयोजना प्रमुख राजेश पौडेलको सरुवा भएको हो।

तत्कालीन योजना  प्रमुख मनिश कुमार शाहको गत कार्तिकमा सरुवा भएपछि लामो समय सम्म योजना प्रमुख विहिन भएको थियो। त्यस पछि आयोजना प्रमुख भएर आएका राजेश पौडेलको पनि आएकै दिन महाकाली पुल निर्माण आयोजनामा सरुवा गरिएको थियो भने पछि पौडेललाई नै दाहोरो जिम्मेवारी दिईएको थियो।

आयोजना निर्माण अवधि सकिन दुई महिना पनि नरहेको वेला कार्यालय प्रमुख विहिन भएपछि काममा समेत प्रभाव पर्ने देखिएको आयोजना कार्यालयका सव–ईन्जिनियर दिनेश ओझाले बताए। ६ लेन सडकको निर्माणम निर्माण व्यवसायीहरु विभिन्न बाहना बनाएर पन्छिदै आएका छन्।

पटक–पटक जनशक्ति र उपकरणको अभाव देखाउदै तथा विद्युत, खानेपानी लगायतका समस्या देखाएर काम प्रभावित हुदै आएको थियो। त्यसको व्यवस्थापनका लागि योजना प्रमुख हुनुपर्ने हो। तर योजना प्रमुखको धनगढी र ६ लेन सडकको अवस्था बुझ्न नपाउँदै सरुवा हुन थालेपछि निर्माणको अवधी लम्विदै जाने देखिएको छ।

अहिले ६ लेन सडकको निर्माणका लागि देखिएका सबै अवरोध हटिसकेको योजना कार्यालयले जनाएको छ। दुई वर्षमा निर्माण सक्नुपर्ने मोहनापुल–अत्तरीया ६ लेन सडक आयोजना समय अवधिमा पुरा नहुने पक्का भएको आयोजना कार्यालयका सव–ईन्जिनियर ओझाले बताए।

योजना प्रमुखको सरुवा भएका वेला नै ईन्जिनियर खगेन्द्र शाह पनि काठमाडौं गएकाले योजना कार्यालय प्राविधिक तर्फ निमित्त प्रमुख पनि विहिन भएको छ। निर्माणमा भएको ढिलाईले आवातजावतमा सास्ती खेप्नुपरिरहेको छ त दुर्घटनाको जोखिम बढ्नुका साथै व्यापार व्यवसाय समेत चौपट भएको गुनासो गरिएको छ।

अर्कोतिर पानी परेका बेला सडक हिलाम्मे र सुख्खायाममा धुलाम्मे हुदा आवातजावतमा सास्ती भइरहेको सडक आसपासका स्थानीय र यात्रुहरुले बताएका छन्। पटक–पटक आयोजना प्रमुख फेरिन थालेपछि निर्माणमा ढिलासुस्ती हुने गरेको गुनासो पनि धेरैले जनाएका छन्।

सहज तरिकाले अझै काम गर्न नसकिएक आयोजना कार्यालयका ईन्जिनियर तथा सुचना अधिकारी खगेन्द्र शाहीले बताए।  मोहनापुल अत्तरिया ६ ले सडकमा चालु आर्थीक वर्षको फागुन महिना सम्म २० करोड ८३ लाख ७६ हजार ४ सय ९३ वजेट खर्च भईसकेको छ । 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस