सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा रेडियो दिवस

२०७९ फाल्गुन १, ०२:३७ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा रेडियो दिवसको आयोजना गरिएको छ।

नेपालभरका स्वतन्त्र व्यवसायीक रेडियोहरूको छाता संगठन ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान) सुदूरपश्चिम प्रदेशकी अध्यक्ष अमिता कुँवरको अध्यक्षतामा विश्व रेडियो दिवसको अवसरमा आज धनगढीमा पनि कार्यक्रमको आयोजना गरिएको हो। संयुक्त राष्ट्र सङ्घको आहृवानमा सन् २०१२ देखि विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो।

नेपालमा विक्रम संवत् २००३ सालमा काठमाडौँमा रेडियो नेपालको प्रसारण सुरु भए पनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको थियोे। एफएम प्रसारण भने २०५२ सालदेखि सुरु भएको हो।

रेडियोलाई आमसञ्चारको प्रभावकारी माध्यमका रुपमा लिइन्छ, तर कोरोना महामारीपछि विश्वमा देखिएको आर्थिक सङ्कटको असर रेडियोमा पनि परेको छ।

देशका सबैजसो जिल्लामा एफएम रेडियो स्थापना भएका छन्। तर, त्यसमध्ये केही आर्थिक सङ्कटका कारण बन्द भएका छन् भने अरु केही बन्द हुने अवस्थामा पुगेका छन्।  देशभर ७ सय ५० वटाभन्दा धेरै रेडियो सञ्चालनमा रहेको तथ्याङ्क छ।

कमेन्ट लोड गर्नुस