सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा एसईई परिक्षाको निरिक्षणमा डिएसपीले ज्यादती गरेको आरोप

२०७५ चैत्र १५, ०५:०१ खबर संवाददाता

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरिक्षक (डिएसपी) उधव भाटले एसईई परिक्षाको निरिक्षणमा ज्यादती गरेको आरोप लागेको छ। बाजुराको बुढीगंगा नगरपालिका ९ मा रहेको त्रिशक्ती परिक्षा केन्द्रमा बीहिबार निरिक्षणका क्रममा ज्यादती गरेको आरोप लागेको हो। प्रहरी नायब उपरिक्षक भाटले बर्दीमै परिक्षा हल भित्र प्रवेश गरी चिट छुत्ने नाममा ज्यादती गरेको विद्यार्थीले आरोप लगाएका हुन्।

बुढिगंगा नगरपालिका ७ मा रहेको शारदा माध्यमिक विद्यालयका विद्यार्थी प्रदिप केसीले डिएसपी भाटले बर्दीमै परिक्षा हलमा प्रवेश गरी ज्यादती गरेको अरोप लगाए। उनले डिएसपीले छात्राहरुलाई समेत आफैले जाँच गरी ज्यादती गरेको बताए। डिएसपी बर्दीमै प्रवेश गरेर ज्यादती गर्न थालेपछि आफूहरुको विज्ञान विषयको परिक्षा बिग्रिएको अर्का विद्यार्थी खेमराज विष्टले बताए।

यता प्रहरी नायब उपरिक्षक (डिएसपी) भाटले आफूले छात्राहरुमाथी जाँच नगरेको बताए। तर उनले परिक्षा समन्वय समितिको सदस्य भएको हिसाबले छात्र विद्यार्थीलाई जाँच गर्दै करिब चार बोरा चिट खोसिएको बताए। त्यस्तै चिट चोराउने तीन जना गार्डलाई समेत नियन्त्रणमा लिईएको उनले जानकारी दिए। प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठन हुने परिक्षा अनुगमन समितिमा समेत जिल्लाको प्रहरी प्रमुख सदस्य रहने व्यवस्था रहेको छ।

परिक्षा हलमा नीरिक्षणका लागि डिएसपीले प्रवेश गर्न पाउने प्रावधान रहेको छ तर परिक्षा हल भित्र हतियार लैजान नमिल्ने सुदूरपश्चिमकोे सामाजिक विकास मन्त्रालयका शैक्षिक योजना तथा अनुसन्धान महाशाखाका उप सचिव झंकर विष्टले बताए। 

कमेन्ट लोड गर्नुस