धनगढीको एलाएन्स ईन्टरनेशनलको १७औँ वार्षिकोत्सव सम्पन्न

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका बैयाबेहेडीमा रहेको एलाएन्स ईन्टरनेशनल मोडेल स्कुलको खेल सप्ताह तथा १७औँ वार्षिकोत्सव सम्पन्न भएको छ।
माघ २२ गतेदेखि सुरु भएको विद्यालयको अतिरिक्त क्रियाकलापका साथै खेल सप्ताह तथा वार्षिकोत्सव सम्पन्न भएको हो। विद्यालयले विभिन्न कक्षामा अध्यनरत विद्यार्थीहरुलाई फुटबल, क्रिकेट व्याटमिन्टन, हाजिर जवाफ, दौड, भलिबल लगायतका अन्य प्रतियोगिताहरु सञ्चालन गरेको थियो।
विद्यार्थीहरुको चौतर्फी विकासका लागि पढाईका साथ साथै अतिरिक्त क्रियाकलापको पनि आवश्यकता रहेकोे विद्यालयका प्रधानाध्यापक मनोज पन्तले बताए। उनले भने, ‘विद्यालय भनेको पढाई मात्रै गर्ने थलो होईन, विद्यार्थीहरुलाई धेरै कुरा सिउने थलो भएकोले अब विद्यार्थीहरुलाई बाह्रय ज्ञानको पनि आवश्यकता रहने हुनाले हामी पढाई सँगै अन्य कुराहरुमा पनि विद्यार्थीको क्षमता अभिवृद्धी गरिरहेका छौ।’
विद्यालयले आगामी दिनमा शैक्षिक उत्कृष्ठ शैक्षिक गुणस्तर प्रदान गर्नका लागि अतिरिक्त अंग्रेजी पाठ्यक्र, नृत्य, योगा तथा मेडिरेसन कक्षाहरु सञ्चालन गर्न विभिन्न क्लबहरु गठन गर्ने र त्यसमा विद्यार्थीहरुको सक्रिय सहभागिता गराईने पन्त बताए।




