सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरको शैक्षिक नेतृत्व हाक्दै एसपीए

२०७९ माघ २७, ११:०५ खबर संवाददाता

धनगढीः  बिहान पौने ६ बजे राष्ट्रिय भावनाले ओतप्रोत समुधर संगीतहरुले चारैदिशाबाट आउने विद्यार्थीहरुलाई स्वागत गर्छ।

डिजिटल ब्रोडकास्टिङ सिस्टमको मद्दतले क्याम्पस परिसरको माहौल नै मधुर बन्छ । जसको कन्ट्रोल क्याम्पस प्रमुखको कार्यकक्षमा छ । त्यहाँबाट प्रशारित गीत, सुचना तथा महत्वपूर्ण जानकारीहरु हरेक कक्षाकोठा तथा क्याम्पस परिसरमा एकैपल्ट सुनिन्छ।

यसले विगत झै कोठाकोठा गएर सुचना सुनाउँनुपर्ने बाध्यताको अन्त्य गरेको छ । विश्वमा शिक्षा प्राविधिक रुपमा निकै अघि बढिसक्यो तर सुदूरपश्चिममा भने यसखाले नौलो प्रविधिको अभ्यास गर्ने सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) पहिलो शैक्षिक संस्था हो । त्यही डिजिटल ब्रोडकास्टिङ सिस्टमबाट कक्षाप्रारम्भ हुनुअघि राष्ट्रिय गान बजाइन्छ । त्यसपछि प्रत्येक दिन ३ मिनेट विद्यार्थी, प्राध्यापकलाई छुट्टाइएको छ । उक्त समयमा सिस्टमबाट उनीहरुले आफ्नो कथा, कविता, गीत, उप्रेरणाका शब्दहरु राख्छन् । जुन सयौं विद्यार्थीमाझ एकैपल्ट सुनिन्छ । ‘डिजिटल ब्रोडकास्टिङ सिस्टमबाट कुनै विद्यार्थीको प्रतिभालाई एकैचोटी हजारौं माससामु पुर्याउँन मद्दत पुगेको छ,’ क्याम्पस प्रमुख योगराज उपाध्याय भन्छन्, ‘डिजिटल ब्रोडकास्टिङ सिस्टम सानो कन्सेप्ट हो तर प्रविधिमैत्री शिक्षामा जोड दिदै त्यसको उच्चतम प्रयोगमा कलेजले गरेको प्रयास भने यस क्षेत्रमा नौलो हो ।’

डिजिटल ब्रोडकास्टिङ सिस्टमसँगै प्रविधिमैत्री सिकाई र अध्ययनका लागि एसपीएले निःशुल्क डेडिकेटेड वाइफाई जोनकोे निर्माण गरेको छ । यसरी कर्पोरेट नेट जडान गर्ने सुदूरमा एसपीए पहिलो कलेज हो ।  मल्टिमिडियायुक्त कक्षा कोठा, आफ्नै छुट्टै वेबसाइट र एप छ । जहाँबाट विद्यार्थी, अभिभावक, शिक्षक तथा सरोकालवाला निकायले चाहेका सुचना क्लिकका भरमा पाउन सक्छन् । 

राज्यका सबै सुचकमा पछि रहेको सुदूरपश्चिमको विकासका लागि शिक्षामा लगानी आवश्यक छ भन्ने दृढ संकल्पका साथ २५ वर्षअघि राजनीतिज्ञ योगेन्द्रबहादुर शाहीले एसपीएको परिकल्पना गरेका थिए । धनगढी मेनरोडस्थित त्रिनगर स्कुलको भवन भाडामा लिएर सुरु भएको एसपीए अहिले विशालता ग्रहण गरेको छ ।

सुरुबाटै गुणस्तरीय शिक्षामा जोड दिदै आएको एसपीएले लगातार तीनपल्ट तत्कालिन उच्च माध्यामिक विद्यालयबाट सर्बोत्कृष्ट उमाविको पुरस्कार जित्दै आफूलाई प्रमाणित ग¥यो । गर्विलो इतिहासको जगमा उठेको एसपीए २५ वर्षको इतिहासमा अध्यक्ष शाहीको सुदूरपश्चिम विकासको मुख्य आधारस्तम्भ बनेको छ । ‘अहिले बजारमा जहाँ गएपनि एसपीएका प्रोडेक्टहरु तपाईसँग ठोक्किन्छन्,’ अध्यक्ष शाहीले भने, ‘यहाँ दीक्षित विद्यार्थीहरु उद्योग, कलकारखाना, बजार, शिक्षा, कन्स्ट्रक्सन, राजनीति तथा समाजिक संघसंस्था सबै क्षेत्रमा छन् । आ आफ्नो क्षेत्रबाट सुदूरको विकासमा भूमिका निर्वाह गरिरहेका छन् । यो एसपीए स्थापना अभियानको सफलता र हाम्रा लागि गर्विलो क्षण हो ।’

हजारौं शिक्षित जनशक्ति उत्पादन गरिसकेको कलेज अहिले तीनवटा भवनहरुबाट सञ्चालित छ । ३५ सय बढी विद्यार्थी अध्ययनरत् छन् । सुदूरमा त्रिविबाट सम्बन्धन प्राप्त एसपीए यस क्षेत्रकै ठूलो कलेज हो । माध्यामिक शिक्षा (११ र १२) तथा स्नातक तहमा बीबीएस, बीएड, बिए, बिएसडब्लु, एकवर्षे बिएड, बीएचएम तथा बीबीएम विषयहरु अध्ययन–अध्यापन भईरहेको छ । यस्तै स्नातकोत्तरमा एमबिएस र एमएड कार्यक्रम सञ्चालित छन् । 

भौतिक पूर्वाधार र जनशक्ति
एसपीए तीन वटा तीन तल्ले भवनहरुमा सञ्चालित छ । धनगढीको मुख्य क्षेत्र पर्ने सन्तोषी टोलमा अवस्थित कलेजका प्रत्येक कोठामल्टि मिडियायुक्त हुन् । प्रोजेक्टर र साउण्ड सिस्टम जडित छन् । ल्याब, लाइब्रेरी, सेमिनार हल छ । बीएचएमका लागि सुदूरपश्चिममै छुट्टै किचेन ल्याब छ । आफ्नै बेकरी क्याफे, रेष्टुरेन्ट छ । विद्यार्थीहरु अध्ययनसँगसँगै त्यही रोजगारी गरिरहेका छन् । बीआईएमहरुलाई नियमित रुपमा सफ्टवेयर डेभलपमेन्ट, नेटवर्किङ प्रशिक्षण नियमित गराइन्छ । डाटाबेस म्यानेजमेन्ट, सिस्टम अपटेड, रिचर्स तथा अवलोकन भ्रमणमा लगिन्छ । टाढाबाट आउने विद्यार्थीका लागि होस्टल तथा यातायातको सुविधा छ । 

जनशक्तिका हिसाबले पनि कलेज सुदूरपश्चिममा ठूलो मध्येको एक हो । कलेजमा १३० भन्दा बढी प्राध्यापक तथा कर्मचारीहरु कार्यरत छन् । क्याम्पसमा पीएचडी, एमफिल गरेकादेखि दोहोरो स्नातकोत्तर गरेका थुप्रै प्राध्यापकहरु छन् । थुप्रै प्राध्यापकहरु विभिन्न किताब तथा अनुसन्धानमुलक क्रियाकलापमा संग्लन छन् । बीएचएमका लागि विभिन्न देशका फाइभस्टार होटलहरुमा काम गरिसकेका सेफको व्यवस्था गरिएको छ । बीआईएमका लागि इन्जिनियरहरुले नै अध्यापन अध्यापन गराउँछन् । त्यसबाहेक, आइटी, मानव संशाधन, पब्लिक रिलेसन, खेलकुद, परामर्शलगायत क्षेत्रमा पनि जनशक्ति व्यवस्थापन गरिएको छ । 

अवार्ड तथा सम्मान 
कलेज लगातार विविध विधामा उत्कृष्ट ठहरिदै आएको छ । गत असारमा देशभरिकै उत्कृष्ट १३ कलेजभित्र पर्दै एसपीएले राष्ट्रिय शिक्षा सम्मान पाएको थियो । लामो समयदेखि नेपालको शैक्षिक क्षेत्रमा पुर्याएको योगदान, भौतिक पूर्वाधार, दक्ष र अनुभवी अध्यापक, प्राध्यापकहरु, समयानुकुल प्रतिस्पर्धात्मक गुणस्तरीय शिक्षा प्रदान गरे नगरेको र विगतको परीक्षाको नतिजालाई प्रमुख आधार बनाएर देशभरिबाटै भएको प्रतिस्पर्धाबाट एसपीएलाई उक्त अवार्ड प्रदान गरिएको थियो । पूर्वप्रधानमन्त्री झलनाथ खनालबाट एसपीएका क्याम्पस प्रमुख योगराज उपाध्यायले उक्त सम्मानपत्र प्रदान गरेका थिए । सुदूरपश्चिममा एसपीएले लगातार दोस्रो वर्ष उक्त पुरस्कार पाएको हो । 

त्यसअघि २०७६ असारमा पनि नागरिक एकता समाजले राष्ट्रिय नाचघर काठमाडौंमा आयोजना गरेको एक समारोहमा एसपीए कलेजलाई देशभरबाट उत्कृष्ट ठहराउँदै पुरस्कृत गरिएको थियो । पूर्व उपराष्ट्रपति परमानन्द झाबाट तत्कालिन एसपीएका क्याम्पस प्रमुख हेमराज जोशीले उक्त सम्मान ग्रहण गरेका थिए । 

राष्ट्रिय रुपमा मात्रै नभई कलेजले अमेरिकाको न्यूयोर्क शहरमा आयोजित अन्तर्राष्ट्रिय ग्रीन कलेज अवार्ड–२०२२ को अवार्ड समेत जितेको थियो । वातावरणका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका विश्वभरका शैक्षिकसंस्था सहभागी उक्त कार्यक्रममा एसपीएलाई स्थानीय वातावरण संरक्षणमा उत्कृष्ट कार्य गरेको भन्दै अवार्ड दिएको हो । ४० देशका दुईहजार बढी शैक्षिक संस्थाहरुले सहभागिता जनाएको कार्यक्रममा एसपीएले उक्त अवार्ड पाएको हो । 

शैक्षिक क्रियाकलापबाट स्थानीय वातावरण संरक्षणमा खेलेको भूमिकालाई मुख्य आधार बनाएर आयोजकले अवार्ड प्रदान गरेको हो । यो कार्यक्रम संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक काउन्सिल अन्तर्गत समेत पर्दछ ।
 

विद्यार्थीलाई अवसर 
विद्यार्थीलाई अवसर दिलाउँने मामलामा पनि एसपीए अगाडि छ । पढ्दापढदै एसपीएका विद्यार्थीहरु पेड इन्टनसिपमा कार्यरत छन् । बहराईनको विश्वप्रशिद्ध पाँचतारे होटल क्राउन प्लाजा एचजी होटलमा कलेजका पवन भाट र प्रकाश बोहरा, शारजहास्थित फाइभस्टार होटल ‘सेराटन शारजहा रिसोर्ट एण्ड स्पा’ मा कमल विष्ट, दुबईको पाँच तारे होटल ‘द मेरियट्स मार्किस’ मा सन्दीप बहादुर बलायर र प्रविन चौधरी कार्यरत छन् । त्यसबाहेकका विद्यार्थीहरु भारत र नेपालकै विभिन्न तारे होटलहरुमा कार्यरत छन्। 

त्यसबाहेक यस क्षेत्रका अधिकांश बैंक तथा वित्तीय संस्थामा एसपीएमा अध्ययनरत् विद्यार्थीहरु कार्यरत छन् । कलेजले विभिन्न बैंकसँग सहकार्य गर्दै आफ्ना विद्यार्थीहरुलाई जब प्लेसमेन्टको पनि व्यवस्था गरिदिने गरेको छ । त्यसैमध्येका एक हुन्, एमबीएसमा अध्ययनरत् छात्रा श्वेता थापा । उनी भन्छिन्, ‘मेरो अध्ययनसँगै करिअरको यात्रामा एसपीएको योगदान ठूलो छ । म कलेज परिवारप्रति आभारी छु ।’

त्यसबाहेक एसपीएले आफ्ना विद्यार्थीहरुलाई उद्यमशील बनाउँने उदेश्यल नबिल बैंकसँगको सहकार्यमा गैरनाफामुलुक कार्यक्रम नबिल स्कुल अफ सोसियल इन्टरप्रेनरसिप(नबिल एसएसई) सञ्चालनमा ल्याएको छ । यसैवर्ष उक्त कार्यक्रमबाट २२ जनाको एक ब्याच निस्किसकेका छन् । ती विद्यार्थीहरु हाल विभिन्न उद्यमहरुमा सहभागी छन् । 

यो कार्यक्रमका लागि नबिल बैंकले नेपालका सातैवटा प्रदेशका विभिन्न सातवटा कलेजहरुसँग साझेदारी गरेको छ । सुदूरपश्चिमका लागि यस क्षेत्रको शैक्षिक धरोहर एसपीए कलेजलाई नबिल बैंकले रोजेको हो । नबिल बैंकले यस कार्यक्रममार्फत वर्षमा ७ सय तालिम प्राप्त जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएको छ ।

भिजिटिङ स्कलर 
ननक्रेडिट कोर्षहरुमा पनि एसपीए अगाडि छ । क्याम्पसप्रमुख योगराज उपाध्यायले पटकपटक ‘एउटा अनुभवी, आफ्नो क्षेत्रमा सफल मान्छेका कुरा, अनुभव सुन्नुभनेको सयौं किताब पढे बराबरको ज्ञान प्राप्त हुने’ दोहोर्याउँदै आएका छन् । सोहीकुरालाई आत्मसात गर्दै एसपीएले आफ्ना विद्यार्थीका लागि देशविदेशबाट भिजिटिङ स्कलरहरुलाई निम्ताउँने गरेको छ ।

कलेजमा मुर्धन्य साहित्यकार तुलसी दिवस, मोटिभेसनल स्पिकर तथा कलाकार सन्दीप क्षेत्री, रमेश प्रसाई भुवन चटौत, वरिष्ठ पत्रकारहरु कान्तिपुर एफएमका सम्पादक पवन आचार्य, ग्यालेक्सी टेलिभिजनका सम्पादक रुपेश श्रेष्ठ, प्राइम टेलिभिजनका प्रबन्ध निर्देशक ऋषि धमला, प्राडा हेमराज पन्त, रमेशराज कुँवर, इन्जियर मन्दिरा अर्याल, ओलम्पियनहरु बैकुण्ठ मानन्धर, दीपक विष्ट, देबु थापा, प्रमिला रिजाल, नेपाली चलचित्र क्षेत्रका प्रशिद्ध कलाकारहरु नायक प्रदीप खड्का, नायिका क्रिस्टिना गुरुङ र निर्माता सन्तोष सेनलाई लगायत आएका छन् । उनीहरुले आफ्नो जीवनको महत्वपूर्ण अनुभवहरु, सिकाईहरु तथा ज्ञानहरुबाट हाम्रा विद्यार्थीहरुलाई दीक्षित पारेका छन् । 

एसपीएले आफ्ना विद्यार्थीलाई अन्तरदेशीय घुलन गराउँने उद्देश्यले बेलाबेला भिजिटिङ लेक्चररका रुपमा विदेशी स्कलरहरुलाई पनि निम्त्याउँने गरेको छ । एसपीएमा अष्ट्रेलियाबाट अंग्रेजी भाषा अध्यापनका लागि अमान्दाजेनी भाउगन, मध्यपूर्व क्षेत्रको उत्कृष्ट विश्वविद्यालयका प्राध्यापक म्याट रोनाल्ड्स(म्याथु), फ्रान्सबाट इड्डी लेभेरेभो, दक्षिण अफ्रिकाबाट मेरी ह्वाइ व्हाटसन, भारतका ट्राभलर शौरभ गुप्ता, बेलायतबाट मेल र जस्सी जस्ता व्यक्तित्वहरुले एसपीएका विद्यार्थीहरुलाई दीक्षित पारिसकेका छन् ।

‘एसपीएका विधार्थीहरुलाई ग्लोबल सिटिजन्स बनाउँने हाम्रो उद्देश्य हो,’ क्याम्पस प्रमुख उपाध्याय भन्छन्, ‘विधार्थीको सर्वाङगीण विकासका लागि विश्वभरका उत्कृष्ट विश्वविद्यालयका प्राध्यापकहरु तथा लामो अनुभव सँगालि सक्नुभएका व्यक्तित्वलाई हामीले निम्त्याएका छौं । उहाँका माध्यमबाट फरक सांस्कृतिक अन्तरघुलन तथा अन्य देशका ट्रेन्ड, संघर्ष र जीवन हाम्रा विधार्थीले बुझ्न पाएका छन् ।’
 
भगिनी सम्बन्ध
एसपीएले आफ्ना दायरा राष्ट्रियमात्रै नभई अन्तर्राष्ट्रिय रुपमा पनि अघि बढाउँदै लगेको छ । कलेजले अष्ट्रेलिया, दक्षिण कोरिया, भारतलगायत देशका विभिन्न विश्वविद्यालय र शैक्षिक संस्थाहरुसँग भगिनी सम्बन्ध स्थापना गरेको छ ।

यसै मिहना दक्षिण भारतको प्रशिद्ध भारत विश्वविद्यालय (इन्सिच्युट अफ हाइअर एडुकेसन एण्ड रिसर्च)सँग एसपीएले भगिनी सम्बन्ध स्थापना गरेको छ ।

यस्तै कोरियाको कोङवङ विश्वविद्यालयसँग पनि कलेजको भगिनी सम्बन्ध स्थापना छ । भगिनी सम्बन्ध स्थापना भएका विदेशका कलेजहरुमा पढ्न चाहने विद्यार्थीहरुका लागि एसपीएले सहजीकरण पनि गरिदिने गरेको छ । भगिनी सम्बन्ध स्थापित कलेज र एसपीएबीच विद्यार्थी तथा प्राध्यापक आदानप्रदान, छात्रवृत्ति वितरण, पाठ्यसामाग्री तथा पुस्तकहरु त्था अनुसन्धान सामाग्रीहरुको आदानप्रदानह हुन्छ ।  ‘अध्ययन, अनुसन्धानका दुबै शैक्षिक संस्थाबीच प्राध्यापकहरु तथा विद्यार्थीहरु आदानप्रदान हुनेछ ।

 

त्यसबाहेक शैक्षिक कार्यक्रम, पुस्तक, पाठयसामाग्री र विभिन्न अनुसन्धान प्रोजेक्टहरुमा साथमा काम गर्ने समझदारी भएका हुन्,’ क्याम्पस प्रमुख उपाध्याय भन्छन्, ‘एसपीएलाई अध्ययन अध्यापनको थलो बनाउँनका लागि र अनुभव आदानप्रदान तथा विशेषज्ञहरुको विशेषज्ञतालाई सदुपयोग गर्नका लागि हामीले विभिन्न प्रतिष्ठित शैक्षिक संस्थासँग भगिनी सम्बन्ध स्थापना गर्दै गएका छौं ।’

क्लबको अभ्यास
आधुनिक शिक्षाको अभ्यास विद्यार्थीहरुलाई पाठ्यपुस्तकमा मात्रै सीमित गर्नु होइन । उनीहरुलाई रुचि अनुसारका क्षेत्रमा अघि बढाउँनु र सामाजिक परिवेशसँग घुलमिल गराउनुपनि हो । यही सिद्धान्तलाई आत्मसात गर्दै एसपीएले १५ वटा क्लबहरु गरेको छ । जसमा एकेडेमिक, आइसिटी, काउन्सिलिङ, रेडक्रस, स्टुन्डेन्ट एक्सचेन्ज, स्मल स्केल इन्टरप्रियनरसिप, ग्रीन क्लिन धनगढी, मिडिया एण्ड पब्लिकेसन, थियटर एण्ड आर्टस, कम्युनिटी सर्भिस तथा सोसियल जस्टिस, कल्चरल ल्यांङवेज एण्ड डाइभर्सिटी, स्पार्टेस, पोलिटिकललगायत क्लब छन् । विद्यार्थीहरु जुन क्षेत्रमा भविष्य निर्माण गर्न चाहान्छन्, त्यही क्लबमा आवद्ध हुनसक्छन् र उनीहरुलाई त्यहीअनुसारका प्रशिक्षण, ट्रेनिङ, सेमिनारको व्यवस्था कलेजले गरिदिने गरेको छ । 

क्लबहरुमार्फत विद्यार्थीहरु सामाजिक क्षेत्रमा पनि जोडिएका छन् । विद्यार्थीहरुलाई समाजसँग जोड्नुपनि क्लब गठनको उद्देश्य हो । त्यसका केही परिणाम पनि देखिन थालेका छन् । धनगढीको एसपीए कलेजको थियटर्स एण्ड आर्टस क्लबले महिला हिंसासम्बन्धि नाटक प्रदर्शनीबाट ५० हजार पुरस्कार जित्यो । 

यस्तै एसपीएको ग्रीन क्लिन क्लबले वातावरण संरक्षणका क्षेत्रमा खेलेको भूमिकाका लागि अमेरिकाको न्यूयोर्क शहरमा आयोजित एक समारोहकाबीच अन्तर्राष्ट्रिय ग्रीन कलेज अवार्ड–२०२२ हात पार्यो । आर्टस क्लबले पहिलोपटक सुदूरपश्चिममा क्यानभास पेन्टिङ गर्दै सुदूरपश्चिममा रचेको थियो । यस्तै थियटर एण्ड आर्टस क्लबले नाटक प्रदर्शनीहरु गरिसकेको छ । कला, अभिनयमा रुचि भएका विद्यार्थीहरुलाई एकहप्ताको कलेजले प्रशिक्षण समेत गराएको छ । ग्रीन क्लिन क्लबले धनगढी सफाई कार्यक्रम गरिसकेको छ । काउन्सिलिङ क्लबले कलेजस्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गर्दै आफ्नो नेतृत्व विकास गरिरहेका छन् । 

 

स्पोर्टस क्लबबाट भर्खरै हाम्रा विद्यार्थीले महेन्द्रनगरमा भएको लिटिलबुद्ध एकेडेमी टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । उपाधिसँगै क्लबले १ लाख नगद हात पार्यो । उपविजेता लर्डबुद्धले ५० हजारमा चित्त बुझायो । यस्तै लखनउमा गएर पनि एसपीएको क्रिकेट टोलीले इन्टरनेशनेल क्रिकेट लिगमा सहभागिता जनाइसकेको छ । जहाँ कलेजको टोलीले मोस्ट कोपरेटिभ अवार्ड हात पारेको थियो । ‘विद्यार्थीहरुलाई उनीहरुको रुचिअनुसारका क्षेत्रमा अघि बढाउँनु, उनीहरुलाई सामाजिक मुद्दाहरुको पहिचान र त्यसको समाधानमा तल्लिन गराउँनु क्लब गठनका उद्देश्य हुन्,’ खेलकुद शिक्षक भागिराम बखरिया भन्छन्, ‘कलेज पछाडि रहेर क्लबमार्फत विद्यार्थीहरुलाई आफै कार्यक्रमको अवधारणा विकास, आयोजना र व्यवस्थापन गर्न सघाउ पुर्याउँछ । यसले उहाँहरुको व्यक्तित्व तथा नेतृत्व विकासमा पनि मद्दत पुगेको छ । आधुनिक शिक्षाको यो अनुपम अवधारणा हो ।’

आविष्कारमा अब्बल
एसपीएमा बीआईएम अध्ययनरत् तथा अन्य विद्यार्थीहरुले विभिन्न आविष्कारहरुमा अब्बल छन् । कलेजले उहाँहरुको प्रतिभाअघि बढाउँन सम्पूर्ण सहयोग गरिरहेको छ । 

अघिल्ल्लो हप्तामात्रै देशभरिका इन्जिनियर्सहरुहरुको संस्था ‘इन्जिनियर्स भ्लग’ले काठमाडौंमा आयोजना गरेको इन्जिनियर एक्स्पो कार्यक्रममा एसपीएका विद्यार्थी सोहन कैनीले बनाएको इलोक्ट्रिक बाइक विथ फिंगरपिन्ट प्रदर्शनी गरिएको थियो । ‘सवारी एस ५’ नाम दिइएको उक्त बाइकलाई नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी कुलमान घिसिङदेखि इन्जिनियर सागर ढकाललगायतले अवलोकन गरेका थिए । 

अघिल्लो महिना काठमाडौंमा भएको लिभिङ विथ आइसिटीले आयोजना गरेको स्टार्टअप एण्ड आईडिया फेस्टमा सुदूरपश्चिम प्रदेशस्तरीय प्रतिस्पर्धाबाट उत्कृष्ट घोषित हुँदै एसपीए कलेजका दुई प्रोजेक्ट सहभागी भएका थिए । देशभरिका कलेजहरुबाट आएका सयौं विद्यार्थी बीआईएमका विद्यार्थीले बनाएका सस्तो किताब डटकम र स्मार्ट डस्टबिन प्रोजेक्टको प्रदर्शनी गरिएको थियो । 

त्यसबाहेक कलेजमा बीआईएम अध्ययनरत् विद्यार्थीहरुले पवन अवस्थी, नमिता जपरेल, सुदीप वली, कमला जोशी र सोनु भण्डारीले स्मार्ट होम प्रोजेक्ट बनाएका छन् । उक्त प्रविधिअनुसार एसी, फ्रिज, ग्यास, टिभी, बत्तीहरु गाडीलगायत बस्तुहरुलाई आफू घर बाहिर भएका बेला पनि कन्ट्रोल गर्न सकिन्छ । 

अनुजा आचार्य, कञ्चन विष्ट र लक्ष्मी चन्दले ‘भ्वाइस कन्ट्रोल अपलाइन्सेस’ नामको उपकरणको विकास गरेका छन् । उनीहरुले विकास गरेको उपकरणले आवाजकै माध्यमबाट बत्ती, पंखा, मोटर, एसीलगायत सम्पूर्ण विद्युतीय उपकरणलाई कन्ट्रोल गर्न सकिन्छ । 

यस्तै सुलभ थापा, धिरेन्द्र नाथ र सिद्धार्थ शर्माले ‘स्मार्ट सेन्सर’ को विकास गरेका छन् । स्मार्ट सेन्सर एउटा यस्तो डिभाईस हो, जसले तोकिएको निश्चित दूरीमा मानिसहरुको सम्पर्कमा आए भने मात्रै इलोक्ट्रोनिक डिभाइस(उपकरण)हरु खुल्ने वा बन्द हुने गर्छ ।

बीआईएम कार्यक्रम निर्देशक इन्जिनियर भीम पुनले एसपीएले विधार्थीहरुले शैद्धान्तिक ज्ञानसँगसँगै दैनिक जीवनमा उपयोगी व्यवहारिक ज्ञान पनि सिकाउँदै आएको ज्वलन्त उदाहरण यो विकास भएको बताए । ‘विद्यार्थीहरुले जुन किसिमको प्रविधि विकास गरेका छन् त्यो विकास नभएर आविष्कार हो’ पुनले भने, ‘सुचना र व्यवस्थापनलाईसँगै जोडेर सामान्य मानिसका समस्या हल गर्न एसपीएका विधार्थीहरु दत्तचित्त भएर लागेका छन् । उनीहरुलाई आइटी क्षेत्रबाट समाज र देश रुपान्तरणमा अघि बढाउँने संकल्पका साथ एसपीए अघि बढेको छ ।’

खेलकुदमा अघि
सुदूरपश्चिमलाई खेलकुदमा अघि बढाउँन एसपीएको भूमिका अग्रस्थानमा छ । धनगढी क्रिकेटको शहरका रुपमा चिनिन्छ । त्यो पहिचान स्थापित गर्ने मुख्य काम एसपीएले नै गरेको हो । एक दशक अघि धनगढीमा एसपीएको आयोजनामा एसपीए कप नामबाट राष्ट्रिय क्रिकेट प्रतियोगिता हुन्थ्यो । पछि त्यो धनगढी प्रिमियर लिगमा रुपान्तरण भयो । नेपालमा पहिलो फ्रेन्चाइज टोलीहरु र खेलाडीहरुको अक्सनको सुरुवात त्यहीबाट भएको हो ।

त्यसैबाट फाप्ला क्रिकेट मैदानको पहिचान भएको हो । हाल फाप्लामा अन्तर्राष्ट्रिय मैदान निर्माणको प्रक्रिया अघि बढेको छ । त्यसको नेतृत्व एसपीएकै निर्देशक सुवाश शाहीले गरेका छन् । त्यसबाहेक नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिगमा धनगढी एफसी पहिलो संस्करणको उपविजेता बनेको थियो ।

एसपीएले प्रत्येकवर्ष सुदूरपश्चिमस्तरीय महिला मेयर कप भलिबलको पनि आयोजना गर्दै आएको छ । त्यसबाहेक एसपीएमा खेलाडीहरु छात्रवृत्तिमा अध्ययनरत् छन् । ८ जना क्रिकेटको अन्तर्राष्ट्रिय खेलाडीमात्रै छन् । त्यस्तै फुटबल, तेक्वान्दो, भलिबल, बास्केटबलका पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु एसपीएमा अध्ययनरत् छन् ।  
 
‘धनगढीलाई शैक्षिक हब बनाउँने प्रयासमा छौं’
सुवाश वि शाही
प्रबन्ध निर्देशक

कुनैपनि राज्यको विकासका लागि शिक्षामा ठूलो लगानी हुन आवश्यक छ । सुदूरमा राज्यको उक्त अभिभिारा हामीले धेरै हदसम्म निर्वाह गरिरहेका छौं । शिक्षाको कुनै सीमा हुँदैन । हाम्रा विद्यार्थीलाई ग्लोबल सिटिजन्स बनाउँने दिशामा अघि बढेका छौं । सुदूरमा बसेरपनि विद्यार्थीले अन्तर्राष्ट्रियस्तरको डिग्री हासिल गरुन भन्ने हाम्रो उदेश्य हो । त्यसका लागि विद्यार्थीलाई चाहिने शैक्षिक वातावरण निर्माणमा हामी अहोरात्र लागिपरेका छौं ।

अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग भगिनीसम्बन्ध स्थापनादेखि विद्यार्थी आदानप्रदान, तालिम, सेमिनार, गोष्ठी नियमिति रुपमा भइराखेका छन् । विदेशी स्कलरहरुलाई निम्ताउँदै विद्यार्थीलाई दीक्षित पारेका छौं । प्रतिष्ठित व्यक्तिको जीवनभोगाई, अनुभव र सिकाईबाट जीवन नै परिवर्तन हुने उर्जा मिल्न सक्छ । सोही कुरालाई मनन गर्दै समयसमयमा देशभित्र तथा बाहिरका ख्यातीप्राप्त लब्धप्रतिष्ठित व्यक्तिहरुलाई भित्र्याउँदै विद्यार्थीसँग अन्तक्रिया गराईरहेका छौं । आइटीमा आधारित शिक्षा प्रणालीको विकासमा ठूलो लगानी गरेका छौं । विद्यार्थीहरुको सर्वाङ्गिण विकासका लागि क्लबहरुको अवधारणा सुरु गरेका छौं । जुन नेपालकै शैक्षिक परिपक्ष्यमा नौलो अभ्यास पनि हो ।

त्यसले विद्यार्थीहरुको व्यक्तित्व निर्माण र समाजसँग जोड्न भूमिका खेलेको छ । एसपीएले सुदूरको शैक्षिकसँगै आर्थिक विकासमा पनि टेवा पुर्याएको छ । सुदूरका ९ जिल्लाका साथै देशका अन्य क्षेत्रका विद्यार्थीको अध्ययनको गन्तव्य पनि धनगढीलाई बनाएको छ । बाहिर जाने विद्यार्थीलाई पनि रोक्दै धनगढीलाई शैक्षिक हबका रुपमा विकास गर्न सफल भएका छौं । 

‘दक्ष जनशक्ति तयार गर्नु एकमात्रै अभिष्ट’
योगराज गौतम
क्याम्पस प्रमुख

एसपीएले बन्द होइन, खुल्ला किताब अध्ययनअध्यापन गराउने लक्ष्य लिएको छ । मध्यमस्तरको शुल्कमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा काम गर्नसक्ने जनशक्ति उत्पादन गर्नसक्ने स्मार्ट एसपीएन्स बनाउँने हाम्रो लक्ष्य हो । मोफसलमा बसेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको सैद्धान्तिक ज्ञान तथा ननक्रेडिट कक्षाका माध्यमले दक्ष जनशक्ति तयार पार्नु हाम्रो एकमात्रै अभिष्ट हो । प्रत्येक विद्यार्थी तथा प्राध्यापकलाई शोधकर्ता विद्धानका रुपमा विकसित गराउँने, सीप, पढ्नेकला तथा वृत्तिविकासमा योगदान पुर्याउन देशविदेशका प्रतिष्ठित शैक्षिक तथा सामाजिक संस्थासँग सम्बन्ध स्थापित गर्दै लगेका छौं ।

सफ्ट एण्ड हार्ड दुबै सीपहरु सञ्चालन गर्दै जस्तोसुँकै परिस्थितिको पनि सामना गर्नसक्ने जनशक्ति तयार गर्ने लक्ष्यमा हामी अघि बढेका छौं । १६ वटा विभिन्न क्लबहरुका माध्यमबाट अनगिन्ती व्यक्तित्व विकासका कार्यक्रमहरु सञ्चालन गरिएको छ । ख्यातीप्राप्त व्यक्तित्वहरुलाई निरन्तररुपमा अतिथि विद्धानका रुपमा निमन्त्राणा गरेर विद्यार्थीलाई प्रशिक्षित गराइन्छ । इन्टर्नका रुपमा औधोगिक प्रतिष्ठान, व्यवसाय, उद्योग र अन्तर्राष्ट्रियस्तरका तारे होटलमा कलेजका विद्यार्थीहरु कार्य गर्दै आफूलाई निखारीरहेका छन् । बजारमा जताजादापनि एसपीएका विद्यार्थीहरु ठोक्किनु हाम्रा लागि गर्वको विषय हो । 
 
 

कमेन्ट लोड गर्नुस