सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा एक जना मृत फेला

२०७९ माघ २६, ०१:०३ खबर संवाददाता

डडेल्धुराः डडेल्धुरामा एक जना मृत फेला परेका छन्। जिल्लाको भागेश्वर गाउँपालिका–४ धिमलाका ४२ वर्षीय गोपाल साउँद मृत फेला परेका हुन्।

अमरगढी नगरपालिका–५ बागबजार डेरा गरी बस्ने साउँद सोही ठाउँस्थित ऋषिखोला सामुदायिक वनमा बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ।

यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस