डडेल्धुराको आलितालबाट पहिलोपटक थालियो लालपुर्जा वितरण
डडेल्धुराः डडेल्धुराको आलिताल गाउँपालिकाबाट पहिलो पटक लालपूर्जा वितरण सुरु गरिएको छ।बुधबार आलिताल गाउँपालिका–८ बाट लालपुर्जा वितरण सुरु गरिएको राष्ट्रिय भूमि आयोग डडेल्धुराका अध्यक्ष शेरबहादुर भण्डारीले जानकारी दिए।
उनका अनुसार २१ परिवार सुकुम्बासीलाई लालपूर्जा वितरण गरिएको हो। आलिताल गाउँपालिकाका १९ सय भूमिहीन र अव्यवस्थित बसोबास भएका घरपरिवारले आयोगमा निवेदन दिएको उनले बताए।