ट्रयाक्टर दुर्घटना हुँदा बझाङमा चालक घाइते

२०७९ माघ २६, ०९:५९
धनगढीः बझाङमा ट्रयाक्टर दुर्घटना हुँदा चालक घाइते भएका छन्।
गयराति जिल्लाको वित्थडचिर गाउँपालिका वडा नम्बर १ पोखरी भन्ने स्थानमा ट्रयाक्टर दुर्घटना हुँदा चालक डडेल्धुराको परशुराम नगरपालिकाका टेकेन्द्र बोहरा घाइते भएका हुन्। प्रहरीका अनुसार बोहरालाई उपचारका लागि डडेल्धुरा रेफर गरिएको छ ।
राति सुपप्र ०१००२ त ४४१८ नम्बरको ट्रयाक्टर वित्थडचिर गाउँपालिका वडा नम्बर १ पोखरीमा सडकबाट करिब १०० मिटर तल खसेको थियो।





कमेन्ट लोड गर्नुस