सुदूर नेपाललाई विश्वसँग जोड्दै

टर्की भूकम्पम अपडेट : मुत्यु हुनेको सङ्ख्या १२ हजारभन्दा बढी

२०७९ माघ २६, ०९:४२ खबर संवाददाता

एजेन्सीः टर्की र उत्तरी सिरियामा गरी भूकम्पमा परी मृत्यु हुनेको संख्या १२,००० नाघेको बीबीसी समाचारमा उल्लेख छ। टर्कीको दक्षिणपूर्वी र सिरियाको उत्तरी क्षेत्रलाई केन्द्र बनाएर सोमबार भूकम्प गएको थियो। भूकम्पमा परेर टर्कीमा ४० हजार बढी घाइते भएका छन्।

उद्धार कार्य प्रतिकुल मौसमको कारणले प्रभावित भएको छ। भूकम्पले लगभग ६ हजार संरचना भत्किएकाले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन्। छिमेकी मुलुक सिरियामा वर्षौँ लामो द्वन्द्वका कारण देशको पूर्वाधारहरू ध्वस्त भएका छन् जसले गर्दा त्यहाँ राहत पु¥याउने प्रयासहरू जटिल बनेका छन्।

टर्की र सिरियाबीचको अन्तर्राष्ट्रिय सिमाना बाब अल–हवा, भूकम्पपछि सडकहरू क्षतिग्रस्त भएका कारण बन्द गरिएको छ। संयुक्त राष्ट्रका एक जना वरिष्ठ अधिकारीले भने उक्त सडकमा चाँडै पहुँच हुन बताए। टर्कीका विदेश मन्त्री मेभलुट कभुसोग्लुका  अनुसार देशमा सहायता भित्र्याउनका लागि सीमाका थप दुई वटा द्वारहरू खोल्ने काम भइरहेको छ।

’टर्की र अन्तर्राष्ट्रिय समुदायको सहायतामा सिरियासम्म पु¥याउने कार्यमा केही कठिनाइहरू छन्। त्यसैले थप दुई वटा सीमा द्वारहरू खोल्ने प्रयास भइरहेको छ,’ उनले भने। सिरिया सरकारको सहयोग आह्वानपछि ईयूले ३५ लाख यूरो आर्थिक सहायता हस्तान्तरण गर्ने बताएको छ। यद्यपि, उक्त रकम सरकार तथा विद्रोही दुवै नियन्त्रित क्षेत्रहरूमा पु¥याउनु पर्ने जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस