सुदूर नेपाललाई विश्वसँग जोड्दै

गायिका ज्योति मगरलाई अर्घाखाँचीका १० संघसंस्थाले गरे बहिष्कार

२०७९ माघ २६, ०९:२६ खबर संवाददाता

काठमाडौँः गायिका ज्योति मगर यतिबेला बिवादमा परेकिछन्।

चर्चाको बिषय हो, अर्घाखाँची महोत्सवमा उनलाई बहिष्कार प्रसंग। उक्त जिल्लाका  संगीतसम्बद्ध १० संघसंस्थाले महोत्सवमा उनलाई बहिष्कार गरेका थिए। त्यसको बाबजुद पनि उनले महोत्सवमा पुगेर आफ्नो प्रस्तुति दिएकी छन्। 

बहिष्कार गर्ने सबै संघसंस्थालाई आफूले ‘बहिष्कार’ गर्ने भन्दै ज्योतिले हिम्मत भए रोकेर देखाउन चुनौती दिदै महोत्सवमा कार्यक्रम गरेकी छिन्। करिब डेढ घन्टा दर्शक नचाएकी ज्योतिको प्रस्तुतिमा त्यस्तो कुनै अप्रिय घटना भने घटेन।

एकपछि अर्काे गर्दै उनले दर्शकलाई आफ्ना नयाँ तथा पुराना गीत पस्किएर भरपुर मनोरञ्जन दिलाइन्। 
 

कमेन्ट लोड गर्नुस