बझाङमा भत्ता बुझ्न गएकी वृद्धाको बाटामा मृत्यु

२०७९ माघ २५, १०:५३
धनगढीः बझाङमा भत्ता बुझ्न गएकी वृद्धाको बाटोमा मृत्यु भएको छ। जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर १ परिङ्गालकी ७० वर्षीया सीता गिरीको बाटोमा मृत्यु भएको हो।
गाउँपालिकाको कार्यालय व्याँसीबाट जेष्ठनागारिक भत्ता बुझेर घर फर्कने क्रममा उनको खौलागणा भन्ने स्थानमा मृत्यु भएको हो। स्वास्प्रस्वासको समस्या रहेकी गिरीको बाटोमा मृत्यु भएको हो।





कमेन्ट लोड गर्नुस