सुदूर नेपाललाई विश्वसँग जोड्दै

सिद्धार्थ र कियारा विवाह बन्धनमा बाँधिएका 

२०७९ माघ २५, ०८:३९ खबर संवाददाता

भारतीय अभिनेता सिद्धार्थ मल्होत्रा र अभिनेत्री कियारा आडवाणी विवाह बन्धनमा बाँधिएका छन्। मंगलबार साँझ जैसलमेरको होटल सूर्यगढको स्टेपवेलमा उनीहरूबीच लगनगाँठो कसिएको हो। शाही परम्पराअनुसार भएको विवाहमा मण्डपलाई स्वदेशी र विदेशी फूलहरूले सजाइएको थियो।

विवाहसँगै यी दुईले सामाजिक सञ्जालमा फोटो र भिडियो सार्वजनिक गरेका छन्। कियाराले इन्स्टामा लेखेकी छिन्, अब हाम्रो स्थायी बुकिङ सकियो। हामीलाई तपाईँका माया र आशीर्वाद चाहिन्छ।’ विवाह समारोहमा सिद्धार्थ र कियाराका परिवारसहित बलिउडका कलाकार र व्यवसायी उपस्थित थिए।
 

कमेन्ट लोड गर्नुस