सुदूर नेपाललाई विश्वसँग जोड्दै

टर्की भूकम्प : मृत्यु हुनेको संख्या ३८ सय नाघ्यो

२०७९ माघ २४, ०८:३७ खबर संवाददाता

एजेन्सी: टर्कीको गाजी एन्टेप सहर नजिक सोमबार बिहान गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ३८सय नाघेको छ। भूकम्पमा परी घाइते हुनेको संख्या १२ हजारभन्दा बढी रहेको जनाइएको छ। भूकम्पका कारण टर्कीसँगै सिरियामा पनि धेरैको जनधनको क्षति भएको छ।

दुवै देशमा गरी मृत्यु हुनेको संख्या चार हजार नजिक पुगेको बीबीसी समाचारमा उल्लेख छ। साथै केही घण्टा मृत्यु हुनेको संख्या बढ्ने आशंका गरिएको छ। भूकम्पपछि उद्धार कार्यलाई तीव्रता दिनका लागि अन्तर्राष्ट्रिय उद्धारकर्मी टर्की पुग्ने क्रम जारी छ।

तर अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको सामना गरिरहेको सिरियामा सहायता पुग्न ढिलाइ भएको  सञ्चारमाध्यमहरुमा उल्लेख छ। अमेरिकाको जियोलोजिकल सर्भेका अनुसार सोमबार बिहान ४ बजेर १७ मिनेटमा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो।

अघिल्लो भूकम्पबाट प्रभावित क्षेत्रमै दोस्रो भूकम्प पनि गएको हो।यूएस जियोलोजिकल सर्भेका अनुसार यो शक्तिशाली भूकम्पमा पर्छ। टर्कीको गाजियान्टेप प्रान्तलाई केन्द्रबिन्दु बनाएर गएको उक्त भूकम्पका कारण कैयौं भवन भत्किएका छन्। उक्त क्षेत्रमा लाखौं सिरियाली शरणार्थीको बसोबास छ। उक्त भूकम्पको धक्का लेबनन र गाजामा समेत महसुस गरिएको थियो। 
 

कमेन्ट लोड गर्नुस