सुदूर नेपाललाई विश्वसँग जोड्दै

टर्कीमा भूकम्प : एक हजारभन्दा बढी मानिसको ज्यान गयो

२०७९ माघ २३, ०७:२९ खबर संवाददाता

एजेन्सीः टर्कीमा शक्तिशाली एवं भयानक भूकम्पको कारण एक हजार जनाभन्दा बढी मानिसको ज्यान गएपछि अधिकांश दक्षिणी टर्की र उत्तरी सिरियामा जोडतोडका साथ अहिले उद्धार कार्य जारी रहेको छ। सोमबार बिहान मानिसहरु सुतिरहेका बेला गाजियान्टेप नजिक सात दशमलव आठ म्याग्निच्युडको भूकम्प गएको थियो।

त्यसैगरी स्थानीय समयअनुसार अपराह्न एक बजेर ३० मिनेट जाँदा अर्को सात दशमलव पाँच म्याग्निच्युडको भूकम्प गएको थियो। टर्कीका राष्ट्रपति रिसेप तैय्यप एर्दोगानले पहिलो भूकम्पको कारण टर्कीमा मात्रै ९१२ जनाको ज्यान गएको र पाँच हजार ३०० जनाभन्दा बढी घाइते भएको पुष्टि गरेका छन्।

त्यसैगरी सिरियाली आधाकारिक सुत्रले त्यहाँ पनि ३७० जनाभन्दा बढी मानिसको ज्यान गएको विवरण सार्वजनिक गरेको छ। दुवै मुलुकमा सयौँ अग्ला भवनहरु ढलेका छन्। उद्धारकर्ताहरुले भवनका भग्नावशेषमा फसेका मानिसहरु निकाल्ने प्रयास गरिरहेका छन्। टर्कीले यस्तो विपत्को स्थितिमा अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ भने विश्वका नेताहरुले आवश्यक सहयोग पठाउने प्रतिवद्धता जनाएका छन्। टर्की, सिरिया, लेबनान, साइप्रस र इजरायलका करोडौँ मानिसले यस शक्तिशाली भूकम्पको धक्का महसुस गरेका थिए।
 

कमेन्ट लोड गर्नुस