सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा स्वास्थ्य शिविर सञ्चालन

२०७९ माघ २२, ०३:३८ खबर संवाददाता

धनगढीः कञ्चनपुरमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ।

जिल्लाको लालझाडी गाउँपालिकाको १ नौरंगामा एक दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो। लालझाडी युवा क्लब र धनगढीको सिपी अस्पतालको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो। शनिवार सञ्चालन भएको शिविसमा आठ सयले स्वास्थ्य सेवा लिएका आयोजकले बताएको छ। 

शिविरमा चार सय ६० महिला र तीन सय ४० पुरुषले स्वास्थ्य सेवा लिएका हुन्। स्वास्थ्य शिविरमा सामान्य चिकित्सा, फिजिसियन, स्त्री तथा प्रस्तु, हार्ड जोर्नी तथा नसा, नाँक, कान तथा घाँटी, भिडियो एक्सरे तगा औषधि सेवा दिइएको सिपी अस्पतालले बताएको छ। 
 

कमेन्ट लोड गर्नुस