सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा माटोको ढिस्कोले पुरिएर बालिकाको मृत्यु

२०७९ माघ २१, ०९:११ खबर संवाददाता

बाजुराः बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा माटोको ढिस्कोले पुरिएर एक बालिकाको मृत्यु भएको छ।

शुक्रवार स्वामीकार्तिक खापर–१ साप्पाटा मुक्तिकोट गाउँकी १४ वर्षीया शुसिला विकको माटोको ढिस्कोले पुरिएर ज्यान गएको हो। माटो खन्ने क्रममा ढिस्कोले च्यापिएर उनको ज्यान गएको वडा नम्बर १ का वडा सदस्य नन्दलाल धामीले जानकारी दिए।
 

कमेन्ट लोड गर्नुस