सुदूर नेपाललाई विश्वसँग जोड्दै

लिटल फ्लावर प्रिमियर लिग–७ को ट्रफी सार्वजनिक, तयारी पूरा

२०७९ माघ २०, ०९:४४ खबर संवाददाता

धनगढीः धनगढीमा शनिवारबाट सञ्चालन हुने विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (एलपीएल)को तयारी पूरा भएको छ। आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सले आज फाप्ला क्रिकेट मैदानमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारी पूरा भएको बताएको हो। 

प्रतियोगिताको ट्रफीसमेत सार्वजनिक गरिएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान)का केन्द्रीय सदस्य तथा कैलाली अध्यक्ष विक्रम विष्टले प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका हुन्। 

ट्रफी सार्वजनिक गर्दै विष्टले यो प्रतियोगिताले उमेर समूहका खेलाडी उत्पादनमा महत्त्वपूर्ण टेवा पु¥याएको बताए। ‘एलपीएलवास्तवमै ग्रास रुटमा खेलाडी उत्पादनको राम्रो प्लेटफर्म बन्न सफलभएको छ, विष्टले भने, ‘अहिले यसै प्रतियोगिताबाट उत्पादनभएर राष्ट्रिय टिममा परिसकेका खेलाडी समेत हाम्रै अघि उदाहरणका रूपमा छन्।’ उनले यीलगायत यस्ता अन्यप्रतियोगिताको संरक्षण र बढवा दिनुपर्नेमा जोड दिँदै क्रिकेट सङ्घ त्यसकालागि सबै सहयोग गर्न तत्पर रहेको बताए। 

सो क्रममा आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले प्रतियोगिता सञ्चालनको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए। ‘उद्घाटन समारोहकालागि गर्नुपर्ने तयारी बाहेक प्रतियोगिता सञ्चालनको सम्पूर्ण तयारी पुरा भएको छ’, शाहीले भने, ‘यो प्रतियोगितालाई थप परिष्कृत र व्यवस्थितबनाउँदै लैजाने हाम्रो प्रयास जारी छ। त्यसमाविगत जस्तै यो र आगामी संस्करणमा पनियहाँहरूको महत्पूर्ण सहयोग रहने हामीले अपेक्षा राखेका छौँ।’ 
प्रतियोगिताको भोलि बिहान साढे १० बजे एक समारोहकाबिच उद्घाटन गरिने छ । प्रदेशप्रमुख देवराज जोशीले एलपीएलको सातौँ संस्करणको उद्घाटन गर्ने आयोजकले जानकारी दिएको छ । 

यो संस्करणमा १० टिमको सहभागिता रहेको छ । फाप्लाक्रिकेट मैदानमाफागुन ६ गतेसम्म सञ्चालनहुने प्रतियोगिताको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्रप्रदानगरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०÷१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्रप्राप्त गर्नेछन् । त्यस्तै उदयमान खेलाडीलाई नगद ५ हजार र प्रत्येक खेलको प्लेयर अफदीम्याचलाई २ हजार प्रदानगरिने आयोजकले जनाएको छ । प्रत्येकविद्यालयले आफ्नो टिममा ४ जना १९ वर्षमुनिका खेलाडी समावेश गर्न पाउनेछन् । 

विद्यालयमा लुकेर रहेकाक्रिकेट खेलाडीहरूलाई बढीभन्दा बढी खेल एक्सपोजर दिनतथा उमेर समूहको क्रिकेटलाई विकास गर्ने उद्देश्यसहितप्रतियोगिता सञ्चालन गर्न लागेको आयोजकको भनाई छ । 

प्रतियोगिता धनगढी उपमहानगरपालिका धनगढी संरक्षक, लिटल फ्लावरका बोर्डिङ हाई स्कुल धनगढी प्रायोजक, वर्ल्ड भिजन इन्टरनेसनल नेपाल (नेपाली जुटौँ, बालविवाह रोकौँ) अवेरनेस पार्टनर, आइएमइ पे प्लेयर अफ द म्याचप्रायोजक रहेको छ । त्यस्तै डिजिटल लर्निंग पार्टनरमानिमा एकेडेमी, हायर एजुकेसन पार्टनर टाइम्स इन्टरनेशनलकलेज डिल्लीबजार काठमाडौँ, कम्युनिकेसन पार्टनर नेपाल टेलिकम, सहप्रायोजकहिमालयन ह्वाइट हाउस इन्टरनेशनलकलेज काठमाडौँ, रनर अप प्रायोजकमा गुरुकुल एकेडेमी उत्तरबेहडी धनगढी रहेको छ । 

त्यस्तै अफिसियल गेट प्रायोजकमा धनगढी वाल पेपर सप्लायर्स एण्ड होम डेकोर, पब्लीकेशन पार्टनर ओशनपब्लीकेशनप्रालि, हस्पिटालीटि पार्टनर इमेज होटेल प्रा.ली धनगढी, सर्टिङ एण्ड सुटिङ पार्टनर गुरुजी सर्टिङ एण्ड सुटिङ धनगढी, प्लेयर अफदी टुर्नामेण्ट प्रायोजकमालिकार्जुन हार्डवेयर प्रा.लि. अत्तरिया रहेको छ । 

त्यस्तै सहप्रायोजकहरुमा निष्ट फाउन्डेसन काठमाडौँ, के. आई. सिंह गाउँपालिका डोटी, हस्पिटल पार्टनर निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर धनगढी, स्किन केयर पार्टनर धनगढी स्किन केयर एण्ड एस्थेस्टिक सेन्टर धनगढी, सहप्रायोजकहरुमा  चैतन्य पाठशाला धनगढी, जय मंगलम् सिमेन्ट प्राली  युवा समाजसेवीविनोद शाहीहाल अमेरिका, दाहाल पुस्तकपसल धनगढी, होटेल जियान हस्पिटालिटी धनगढी, उच्चाकोटी आर.एम.सी धनगढी , डिस्कभरि बोर्डिङ स्कुल धनगढी,सानभी बुक्स एण्ड स्टेशनरी धनगढी रहेका छन् । 

वेस्ट बलर प्रायोजकवरिष्ठ युवा  समाजसेवीजयन्तीथापाहाल अमेरिका एजुकेसन  कन्सल्टेन्सी पार्टनर एस. आ. जी.नेपाल काठमाडौँ, वेस्ट ब्याट्सम्यानप्रायोजकविद्या भूषण पब्लिक स्कुलमोहनपुर कैलाली ,सहप्रायोजकनवजीवन हस्पिटल धनगढी, समाज सेवीअर्जुनराज जोशी (हाल कोरिया), कामिक्षा देवी डेरी धनगढी र  विशेष अटो मोटिभ्स(हिरो) धनगढी कैलाली रहेका छन् ।
 

कमेन्ट लोड गर्नुस