कञ्चनपुरमा बहुविवाह मुद्धाका फरार प्रतिवादी पक्राउ
धनगढीः कञ्चनपुरमा बहुविवाहका फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्लाको भीमदत्त नगरपालिका–१५ का केशब लुहार पक्राउ परेका हुन्। कञ्चनपुरबाट खटिएको प्रहरी विशेष टोलीले आज उनकै घरबाट पक्राउ गरेको छ।
२०७१ बैशाख १५ गते जिल्ला अदालत कञ्चनपुरले बहुविवाह मुद्दामा लुहारलाई दोषी ठहर गरेको थियो। उनी ८ वर्षदेखि फरार थिए।
प्रहरीले आजै लुहारलाई पक्राउ गरी अदालतमा पेश गरेपछि उनलाई १५ हजार जरिवानासहित एक वर्ष कैदका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ।