सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा भोलिदेखि देउडा प्रतियोगिता, ३० समूहको सहभागिता हुने

२०७९ माघ १९, ०५:४० खबर संवाददाता

धनगढीः धनगढीमा भोलिदेखि देउडा प्रतियोगिता सुरु हुने भएको छ। धनगढीमा शुक्रवारदेखि तीन दिनसम्म हुने देउडा प्रतियोगितामा ३० समूहको सहभागिता हुने भएको छ।

प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक देउडा प्रतिष्ठान केन्द्रले जनाएको छ। प्रतिष्ठानले बिहीवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै तयारी पूरा भएको बताएको हो।

प्रतियोगिताको शुक्रवार बिहान ११ बजे सुदूरपश्चिमकी मन्त्री सन्तोष थापा शर्माले उद्घाटन गर्ने कार्यक्रम छ। देउडा प्रतिष्ठान केन्द्रका वरिष्ठ उपाध्यक्ष सुरत रावल ‘डोटेली कान्छा’का अनुसार सुदूरपश्चिम साहित्य प्रतिष्ठानको प्राङगणमा प्रतियोगिता हुने छ। देउडाको संरक्षण, संवद्र्धन, प्रवद्र्धन र राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा प्रचार प्रसार गर्ने समेत उद्देश्य रहेको छ। डेउडा प्रतियोगिताको एक समूहले सातदेखि ११ जनाको सहभागिता गर्न पाउने छ। 

प्रतियोगितामा प्रथम हुने समूहलाई ५० हजार नगदसहित प्रमाणपत्र, द्वितीयलाई ४०, तृतीयलाई ३० र सान्त्वना हुने समूहलाई २० हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष दलबहादुर बोगटीले बताए। प्रत्येक दिन प्रतियोगितामा सहभागीमध्ये एक जना देउडियालाई नगद एक हजारसहित प्रमाणपत्र प्रदान गरिने छ। अध्यक्ष बोगटीले डेउडाका पारखीहरुलाई प्रतियोगितास्थलमा सहभागिका लागि आग्रह गरेका छन्। सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले प्रबद्र्धनमा देउडा प्रतियोगिता हुन लागेको हो।
 

कमेन्ट लोड गर्नुस