सुदूर नेपाललाई विश्वसँग जोड्दै

निसर्ग हस्पिटलमा सिद्धार्थ बैंकलाई स्वास्थ्य सेवामा छुट

२०७९ माघ १९, ०५:२४ खबर संवाददाता

धनगढीः धनगढीमा रहेको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले सिद्धार्थ बैंक लिमिटेडलाई स्वास्थ्य सेवामा छुट दिने भएको छ। सम्झौताअनुसार अस्पतालबाट कुनै पनि सेवालिने बैंकका ग्राहकहरुले विशेष छुटको ब्यवस्था पाउने छन्। 

निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिका अध्यक्ष तिर्थराज पन्त तथा सिद्धाथ बैंकका धनगढी शाखा अधिकृत नितेश श्रेष्ठले बिहीवार बैंकका ग्राहकले उपचार सेवामा छुट पाउने सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। यो सम्झौता २०७९ माघ २० गतेबाट  एक वर्षसम्म कायम रहनेछ। 

निजीक्षेत्रवाट संञ्चालित स्वास्थ्य उपचार सेवाप्रदायक निसर्ग हस्पिटलले आफ्नो व्यापार प्रबर्द्धन गर्ने नीतिअनुसार विभिन्न संघ संस्थाहरुसँग स्टाफ तथा परिवारजनका लागि सरलिकृत सेवादिने र शुल्कमा विशेष छुट उपलब्ध गराउने सम्झौता गरी सोहि अनुरुप सेवाउपलव्ध गराउँदै आएको हस्पिटलले जनाएको छ।

कमेन्ट लोड गर्नुस