सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘मेरो मौनता आजसम्म मात्रै हो,’ रवि 

२०७९ माघ १९, ०१:४४ खबर संवाददाता

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्म मात्रै रहने बताएका छन्।

बिहीवार दिउँसो फेसबुकमा छोटो प्रतिक्रिया दिँदै आफूलाई भन्न र लेख्न बाँकी केही भए लेख्न भन्दै ब्यङ्ग्य गरेका छन्। ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी  केही भए भनिहाल्नुहोला, गरिहाल्नु होला,उनले लेखेका छन्, ’लेखिहाल्नु होला। मेरो मौनता आज सम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।’

माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकार गठनका बेला लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका थिए। तर, उनको नेपाली नागरिकता प्रमाणपत्र अवैध ठहर भएपछि सांसदसहित उपप्रधान तथा गृहमन्त्रीबाट पदमुक्त भए। त्यसयता गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्ड आफैंले लिएका छन्। 

गत आइतवार पुरानै नेपाली नागरिकता प्रमाणपत्रलाई ब्युँताएका लामिछानेले पुनः आफूलाई गृहमन्त्रीको शपथ खुवाउन प्रधानमन्त्री प्रचण्डमाथि दबाब सृजना गरिरहेका छन्। तर प्रधानमन्त्री प्रचण्डले बेवास्ता गर्दै आएका छन्। 


 

कमेन्ट लोड गर्नुस