सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट लागु औषध मुद्धाका फरार प्रतिवादी पक्राउ

२०७९ माघ १९, १०:२८ खबर संवाददाता

कञ्चनपुर: कैलालीबाट लागु औषध मुद्धाका फरार प्रतिवादी पक्राउ परेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १९ घर भइ धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुर कैलाली बस्ने सुनिल चौधरीलाई  लुकिछिपि बसिरहेको अवस्थामा पक्राउ गरीएको प्रहरीले जनाएको छ।  

जिल्ला अदालत कञ्चनपुरले २०७८ फागुन १५ गते उनलाई लागु औषध मुद्धामा सजाए सुनाएको थियो। बुधवार प्रक्राउ गरी उनलाई कञ्चनपुर जिल्ला अदालतमा पेश गरिएको छ।  जिल्ला अदालतले उनलाई  दुई सय  जरिवाना र ३ महिना कैद भुक्तानको लागी कारागार चलान गरेको छ।

कमेन्ट लोड गर्नुस