सुदूर नेपाललाई विश्वसँग जोड्दै

मलेसियाका गृहमन्त्री आज नेपाल आउँदै

२०७९ माघ १९, ०८:३९ खबर संवाददाता

काठमाडौं: मलेसियाका गृहमन्त्री फुद्दिन नासुसन इजमायल आज नेपाल भ्रमणमा आउँदैछन्। तीनदिने भ्रमणमा नेपाल आउन लागेका इजमायलको भ्रमणका क्रममा नेपालले श्रम सम्झौता कार्यान्वयनलाई प्राथमिकताका साथ उठाउने भएको छ।

नेपाल र मलेसियाबीच २०७५ कात्तिक ११ गते श्रम सम्झौता भएको थियो। नेपालले मलेसियाली मन्त्रीसँग सम्झौता कार्यान्वयनसँगै कामदारको सामाजिक सुरक्षा, तलब सुविधा, उपचारको प्रबन्धलगायत विषयमा छलफल हुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

यस्तै, नेपालले शून्य लागतमा कामदार मलेसिया जान पाउने वातावरण सुनिश्चितताका लागि पहल गर्ने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव डुण्डुराज घिमिरेले बताए। कामदार आपूर्ति गर्ने मुलुक भ्रमणका क्रममा मलेसियालीमन्त्री इजमायल नेपाल आउन लागेका हुन्। 

कमेन्ट लोड गर्नुस