सुदूर नेपाललाई विश्वसँग जोड्दै

परराष्ट्रमन्त्री विमला राई आज श्रीलङ्का जाँदै

२०७९ माघ १९, ०६:२३ खबर संवाददाता

काठमाडौं: परराष्ट्रमन्त्री विमला राई पौडेल आज बिहीबार श्रीलङ्का जाँदै छिन्। श्रीलङ्काको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा श्रीलङ्काका परराष्ट्रमन्त्री एमयूएमअली साबरीको मैत्रीपूर्ण निमन्त्रणामा उनी श्रीलङ्का जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

आगामी शुक्रवार र शनिवार आयोजना हुने दिवससँगै स्वतन्त्रता चोकमा हुने सांस्कृतिक समारोह लङ्काराकङ्कामा परराष्ट्रमन्त्री पौडेलले सहभागिता जनाउने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस