सुदूर नेपाललाई विश्वसँग जोड्दै

माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्ने

२०७९ माघ १९, ०६:०७ खबर संवाददाता

काठमाडौं: नेकपा माओवादी केन्द्र को स्थायी समिति बैठक आज बिहीबार बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ११ बजेका लागि बैठक तय भएको महासचिव देवप्रसाद गुरुङले बताए।  बुधबारका लागि बोलाइएको बैठक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तता भन्दै स्थगित गरेको थियो।

आजको बैठकमा पार्टीका नेताहरुको जिम्मेवारी र कार्यविभाजनमा केन्द्रित भएर छलफल हुने केन्द्रले जनाएको छ। स्थायी समिति बैठकमा पेस गर्ने नेताहरुको कार्य विभाजनसम्बन्धी प्रस्ताव तयार पार्न महासचिव गुरुङ नेतृत्वको कार्यदल बनाएको थियो।

सो कार्यदलले सैद्धान्तिक प्रतिवेदन पेश गरिसकेको छ। नेताहरुको कार्य विभाजन तथा जिम्मेवारीका लागि अध्यक्ष प्रचण्ड र उपाध्यक्षहरु नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरालाई जिम्मेवारी दिइएको थियो। आजको बैठकमा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन, गृह मन्त्रालयका विषयमा समेत छलफल हुने महासचिव गुरुङले बताए। 

कमेन्ट लोड गर्नुस