धनगढीको एक खाद्य सप्लायर्सलाई १० हजार जरिमाना

२०७९ माघ १८, ०७:०९
धनगढीः धनगढीको एक खाद्य सप्लायर्सलाई १० हजार रुपैयाँ जरिमाना गरिएको छ।
धनगढी उप–महानगरपालिकाले म्याद सकिएका खाद्य सामाग्री भण्डारण गरेको भन्दै ‘राम ब्रदर्श एण्ड सप्लाईस’लाई १० हजार रुपैयाँ जरिमाना गरेको हो।
सप्लायर्समा म्याद गुज्रेका खाद्य तथा पेय पदार्थ भण्डारण गरिएको पाइएपछि जरिवाना गरिएको उपमहानगरपालिकाले जनाएको छ।
अखाद्य सामग्री विक्रीवितरण तथा भण्डार नगर्न व्यवसायीहरुलाई उपमहानगरले सचेत समेत गराएको उपमहानगरपालिकाका उपभोक्त हित संरक्षण शाखाप्रमुख नारायणप्रसाद शर्माले बताए।





कमेन्ट लोड गर्नुस