सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतको झारखण्डस्थित भवनमा आगलागी, १४ जनाको मृत्यु

२०७९ माघ १८, ०६:१७ खबर संवाददाता

एजेन्सी: भारतको झारखण्डस्थित एक भवनमा आगलागी भएको छ। धनबादको बैंक मोड प्रहरी चौकी अन्तर्गत जोडा फाटक रोडमा रहेको आशिर्वाद अपार्टमेन्टमा भएको आगलागीमा १४ जनाको मृत्यु र १७ जना गम्भीर घाइते भएका छन्।

उनीहरूको उपचार भइरहेको छ। भवनमा धेरै मानिस फसेको आशंका गरिएको छ। फसेका ५० भन्दा बढीको उद्धार गरिएको छ। आगलागीको कारण भने अहिलेसम्म खुल्न नसकेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। 

कमेन्ट लोड गर्नुस