डोटीमा भरुवा बन्दुक सहित एक जना पक्राउ
२०७५ चैत्र १४, ०१:४६
डोटीमा भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय डोटीको गस्ती टोलीले बड्डीकेदार गाउँपालिका ३ धारापानीबाट ३३ वर्षका प्रेम विछारीलाई पक्राउ गरेको हो। डोटीका प्रमुख प्रहरी उपरिक्षक विद्यानन्द माझीले विछारीलाई धारापानीको जंगल क्षेत्रबाट नियन्त्रणमा लिईएको जानकारी दिए। उनलाई केही बेर अघि मात्र जिल्ला प्रहरी कार्यालयमा ल्याईएकाले थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक माझीले बताए।
कमेन्ट लोड गर्नुस