सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीबाट लागुऔषधसहित चन्द पक्राउ

२०७९ माघ १७, ११:४० खबर संवाददाता

बैतडीः बैतडीबाट लागु औषधसहित चन्द पक्राउ परेका छन्। जिल्लाको सुर्नया गाउँपालिका–१ हटैराज गुरगेलिका २५ वर्षीय दिपक चन्द पक्राउ परेका हुन्।

अवैध लागूऔषध चेरश १ सय ९९ ग्राम सहित सोमबार दिउँसो चन्दलाई पक्राउ गरिएको हो। दिपकले सोही ठाउँमा सञ्चालन गर्दै आएको श्री केदार हटैराज खुद्रा पसलमा लागूऔषध चरेस बिक्री भइरहेको सुचना प्रहरीले प्राप्त गरेपछि उनलाई पक्राउ गरिएको बताइएको छ।

 जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरी टोलीले चन्दलाई पसलबाट लागूऔषधसहित पक्राउ गरेको जनाएको छ।

कमेन्ट लोड गर्नुस