सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा भरुवा बन्दुक फेला

२०७९ माघ १७, ११:३१ खबर संवाददाता

बाजुराः बाजुरामा भरुवा बन्दुक फेला परेको छ। जिल्लाको हिमाली गाउँपालिका–३ युनास्थित कवाडी नदीको बगरको झाडीबाट एक थान भरूवा बन्दुक फेला परेको हो। 

सोमबार दिउँसो विशेष सूचनाको आधारमा सो क्षेत्रबाट प्रहरीले बन्दुक बराम गरेको जनाएको छ। 

प्रहरी चौकी बिच्छियाबाट खटिएको प्रहरीले झाडीमा लुकाई छिपाई राखेको अवस्थामा उक्त बन्दुक फेला पारी बरामद गरेको हो। यस विषयमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।

कमेन्ट लोड गर्नुस